
एउटा बाँदर निराहार व्रत बस्यो ।
दिनभर पानी पनि नखाने उसको प्रण थियो ।
दिउँसो तिर उसले सोच्यो – केरा हातमा लिँदैमा त के फरक पर्ला र ! हातमा समायो ।
एकछिनपछि मनमा आयो – छोडाउँदैमा पो के नै होला र ! छोडायो ।
अल्लिखेरमा फेरि सोच्यो – केरा मुखमा राख्दैमा त व्रत भङ्ग नहोला नि ? ननिल्ने त हो !
अब केरा मुखमा पनि पुग्यो ।
कतिबेला केरा निलियो बिचरालाई थाहै भएन । अर्थात् व्रत/ उपवास खुलित् !!
बरु, उसलाई आज नयाँज्ञान प्राप्तभयो – ननिलेर मुखमा धेरैबेर केरा राख्न नसकिने रहेछ ! ![]()
ख्याल रहोस् – हामी नागरिकताको सवालमा यस्तै बाँदरे वृत्ति देखाउँदै छौं ! निलिसके पछि मात्र बुद्धि आउला कि, त्यो पनि कुन्नि !
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















