मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्दै गएका छन् । केही स्थानमा लगाए पनि निकै कम उत्पादन हुन्छ ।

दस वर्षअघिसम्म लमजुङका विभिन्न स्थानमा पर्याप्त मात्रामा कागुनो खेती हुन्थ्यो र उत्पादन पनि राम्रो थियो । कागुनो मात्र हैन, खाध्य सुरक्षा र पोषणका हिसावले पनि राम्रो मानिएको कोदो खेती पनि हराउँदै जान थालेको छ ।

किसानहरुले विस्तारै विर्सिदै जान लागेका कागुनो र कोदो खेतीलाई लमजुङको मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा संरक्षण तथा प्रवद्र्धन गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा परम्परागत कोदो र कागुनो खेतीको प्रवद्र्धन गरिने मध्यनेपाल–५ का वडाध्यक्ष ओमवीर गुरुङले बताउनुभयो ।

परियोजना सञ्चालनका लागि खाद्य तथा कृषिका लागि जैविक विविधता खाकासम्बन्धी बृहत् अन्तरक्रिया गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । परियोजनामा स्थानीय ३५ जना कृषक सहभागी हुनेछन् भने एक सय रोपनीभन्दा बढी जमिनमा कोदो र कागुनो खेती गरिनेछ । चार वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञद्वारा अनुसन्धान र कृषकलाई आवश्यक तालिम तथा सहजीकरण गरिने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा बर्षेनी रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत बजेट आउने गरेपनि कार्यान्वन हुन नसकी फिर्ता हुने गरेको छ । रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने तर अधिकांश कृषकले बजेट आउनुअघि नै कोदोखेती गरिसक्ने भएकाले अधिक बजेट फ्रिज हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

कार्यक्रमको प्रकृतिअनुसार किसानहरुले ५० प्रतिशत लागत साझेदारी जुटाउन नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजाति मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये १० जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन् । रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा बताउनुहुन्छ ।

खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिएको उहाँले बताउनुभयो । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । बाली प्रजनन तथा सुधारका लागि रैथाने बाली महत्वपूर्ण रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लमजुङका निमित्त प्रमुख हरि मिजारले बताउनुभयो । खाद्य तथा पोषण सुरक्षाका लागि रैथाने बाली वरदान सावित रहेको उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist