जोगाउँदै मीतेरी सम्बन्ध

लमजुङ । वर्तमान समाजले भुल्दै गएको साइनो–सम्वन्ध हो, मितेरी । अहिलेका पुस्तासँग धेरैका ‘मीत’ र ‘मीतिनी’ छैनन् । दुई फरक भूगोल, फरक परिवेश, फरक पृष्ठभूमि, फरक संस्कृति, फरक समाज, फरक परिवार र फरक व्यक्तिलाई सम्बन्धको रुपमा जोड्ने सेतु हो, मीतेरी सम्बन्ध ।

हराउँदै गएको मौलिक मितेरी सम्बन्धलाई जोगाउन भारतको असम र लमजुङका साहित्यकार तथा संस्कृतिकर्मीहरुले अभियान थाल्नुभएको छ । मितेरी सम्बन्धले घनिष्ठ मित्र मात्र बनाउँदैन, एउटै ओछ्यानमा सुत्ने सानिध्य प्राप्त गराउँछ । यसले परस्पर दुई समुदाय, समाजबीच मित्रवत सम्बन्ध स्थापित गराउने भएको यसको जगेर्ना गर्न आवश्यक रहेको संस्कृतिकर्मीहरुले बताउनुभएको छ ।

यस्तो मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्न भारतको असामबाट आउनुभएका र लमजुङका तेह्रजना संस्कृति तथा साहित्यकर्मी जोडीले मीत मीतिनी लगाउनुभयो । ठाडोभाका लोककला प्रतिष्ठानको निमन्त्रणामा नेपाली संस्कृति सुरक्षा परिषद असम भारतका तेह्रजना संस्कृतिकर्मीहरु लमजुङ आउनुभएको हो ।

सामाजिक सदभाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने सेतुको रुपमा रहेको मीतेरी सम्बन्ध जोगाउन लोकसंस्कृती एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रामा लमजुङ आएको नेपाली संस्कृति सुरक्षा परिषद असमका अध्यक्ष एलवि प्रधानले बताउनुभयो ।

पौराणिक ग्रन्थहरूमा मित्रताका उदाहरण थुप्रै छन् । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधनको मित्रता, कृष्ण र सुदामाको मित्रता, मित्र र वरुण दुई दाजुभाइको मित्रता निकै आदर्शयुक्त देखिन्छन् । “यिनीहरूको मित्रताले मित्रताको वास्तविक अर्थ र कर्तव्य राम्ररी ज्ञात हुन्छ”, प्रधानले भन्नुभयो ।

मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कारको रुपमा रहेको मीत लाउने चलनलाई बचाउनुपर्ने ठाडोभाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडी बताउनुहुन्छ । “मित लगाउनु मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । मीतेरी साइनो गाँस्न अनुहारको रूपरंग, जातधर्म, वेशभुषा, उमेर आदिले बाधा बनाउँदैन्”, पहाडीले भन्नुभयो, “त्यसैले मीत मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने र मिठास बाँड्ने सम्बन्ध हो ।”

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist