“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको बताउनुभएको छ । अझैपनि संविधान विरोधी गतिविधि गरिरहे सरकारले कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

आइतबार लमजुङको क्व्होँलासोंथर गाउँपालिका–५ सिङ्दीमा आयोजित गाउँपालिकास्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दखल नगर्ने राजनीतिक दलहरुसँग भएको सम्झौताको पूर्वराजाले उल्लङ्घन गरेको बताउनुभयो ।

“पूर्व बडामहारानीलाई नारायणहिटीमा बस्न दिने, पूर्वराजालाई नागार्जुन दरबारमा बस्न दिने, पूर्व राष्ट्रपति सरह सम्मान दिने, उहाँले संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारलाई कुनै दखल नगर्ने भन्ने दलहरुसँग सम्झौता भएको थियो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “फागुन ७ गतेदेखि पूर्वराजाले त्यो सहमतिको उल्लङ्घन गर्नुभयो, लत्कार्नुभयो । त्यो हाम्रोलागि स्विकार्य छैन् ।”

केहीदिन यता पूर्वराजावादीको नाममा ब्यवस्था विरोधी, संविधान विरोधी तत्वले टाउको उठाइरहेको उहाँले बताउनुभयो । “यी सबै गतिविधि एउटा लोकतान्त्रिक सरकारको हैसियतले हामीले गर्न दिइरहेका थियौं”, उहाँले भन्नुभयो, “तर, राजावादीको नाउँमा हत्याको बाटो, हिंसाको बाटो, अराजकता र लुटपाटको बाटो रोजियो । यी सबै गतिविधिलाई सरकार टुलुटुलु हेरेर बस्न सक्दैन । चुप लागेर हातमा दही जमाएर बस्न सक्दैन । कारबाही अगाडि बढाउँछ, त्यसको सुरुवात भैसकेको छ ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्ता गतिविधिलाई साथ नदिन सबै नागरिकलाई आग्रह गर्नुभयो । नेपाली जनताले रगत पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सरकार सँधै प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जसले संविधान मिच्न खोज्छ, कानुन मिच्न खोज्छ, जनताको अधिकारमाथि धावा बोल्न खोज्छ, सरकारले सख्त कारबाही गर्छ ।” उहाँले मुलुकको हित, जनताको हित, संघीय लोकतान्त्रिक शासन प्रणाली र मुलुकको सम्वृद्धिका लागि सरकार संधै लागिपर्ने बताउनुभयो ।

यसअघि सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धरासायी भएको, उत्पादन रोकिएको, मुलुकको अधोगति भएका कारण नेपाली काँग्रेस र नेकपा (एमाले) जस्ता ठुला दल मिलेर दुइतिहाइको सरकार बन्नुपरेको प्रष्टाउनुभयो । उहाँले वर्तमान सरकार बनेपछिको आठ महिनामा समस्याको धेरै सुधार भैसकेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले मुलुकलाई सही बाटोमा र लोकतन्त्रलाई सुदृढ गर्नेे काम सुरु गरेको बताउनुभयो । उहाँले यही गठबन्धनको सरकार ०८४ सालसम्म कायम रहने र मुलुकको हित र विकासमा लागिरहने बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा लमजुङका सबै ठाउँमा टेलिफोन टिप्ने, इन्टरनेट चन्ने बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकीमा इन्टरनेटको ब्यवस्था गरि प्रविधिमैत्री शासनको सुरुवात गरिने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist