विरानो बने पातका सुसेली…

लमजुङ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हातहातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।

लमजुङका पहाडी गाउँ वस्तीहरूमा पहिले पहिले पात बजाएका स्वरहरू सुन्न र देख्न पाइन्थ्यो । तर प्रविधिको बढ्दो प्रयोगले अहिले बन जङ्गलमा पात बजाउनेहरू भेटिँदैनन् । कुनै बेला साथीभाइसँग गोठालो जाँदा पातका माध्यमबाटै कुराकानी गर्नेदेखि पात बजाएरै एक अर्कालाई आकर्षण गर्नेसम्मका काम हुने गर्दथे ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जगंल गएका बेला विभिन्न रुखका पातहरू मुखमा राखेर बजाउने र एक अर्कालाई भेट गराउने माध्यम हराउन थालेको बताउनुभयो । लोप हँदै गएको यस्तो कलाको संरक्षणमा प्रतिष्ठान लागिपरेको उहाँले बताउनुभयो ।

आत्मीयता र सांगीतिक भाकासँग जोडिएका यस्ता पुराना प्रचलन नयाँ पुस्तासम्म पु¥याउन सके मौलिकता जोगिने प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ ले बताउनुभयो । पात बजाउने प्रतियोगिता हेर्न नेपाली संस्कृति सुरक्षा परिषद, आसाम भारतका साहित्यकारहरु समेत आउनुभएको थियो ।

नेपाली संस्कृति सुरक्षा परिषद, आसामका महासचिव वीरेन्द्र राणाले यस्तो कला जीवनमा पहिलो पटक देखेको बताउनुभयो । “पात बजाएर दुरुस्त गीतको लबज निकाल्न सक्ने कला देखेर हामी त सबै छक्क प¥यौं”, राणाले भन्नुभयो, “यस्तो जिवन्त कला बचाउन राज्यले ध्यान दिनुपर्छ ।” उहाँले यस्तो कला आसाम पनि सिकाउने प्रयास गर्ने बताउनुभयो ।

सत्रजन प्रतियोगिले भाग लिएको प्रतियोगितामा दोर्दी गाउँपालिका– ८ दुवारकी सुकमाया मिजार पहिलो हुनुभयो । मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारकी देवी गिरी दोस्रो र मध्यनेपाल नगरपालिका–१ जिताका सन्तोष भुजेल तेस्रो हुनुभएको निर्णायक समितिका संयोजक देवराज गुरुङले बताउनुभयो । त्यस्तै, सान्त्वनातर्फ मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सारका पार्वती नेपाली र मधुकर गिरी हुनुभयो ।
पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रोलाई पाँच हजार रुपैयाँ, तेस्रोलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही २÷२ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist