खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८, ९ र १० गते प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ गरिने भएको हो ।

गाउँपालिकाको केन्द्र नौथर शेरास्थित खेलमैदानमा हुने महोत्सवले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार विस्तार तथा लोककला–संस्कृतिको संरक्षण गर्ने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँलेले भन्नुभयो, “महोत्सवले दोर्दी गाउँपालिकाको समग्र पहिचान निर्माणमा टेवा पु¥याउनेछ । महोत्सवमार्फत गाउँगाउँमा रहेका होमस्टे र पदमार्गहरूको प्रचार–प्रसार हुनेछ ।”

महोत्सवअन्तर्गत गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता, कृषि मेला तथा प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, सांस्कृतिक झाँकी र लोकनृत्य, आमा समूहहरूको खुला नृत्य प्रतियोगिता, विद्यालय तथा शिक्षक सम्मानलगायत कार्यक्रम समेटिएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार कृषि मेला तथा प्रदर्शनीमा स्थानीय कृषि उपज, नगदे बाली, पशुपालन, मौरीपालन, तरकारी, फलफूल, कृषियन्त्र र प्रविधि प्रदर्शन गरिनेछ । महोत्सवले कृषकलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने उहाँले बताउनुभयो । उत्कृष्ट कृषकलाई सम्मान गर्दै व्यवसायिक कृषितर्फ प्रोत्साहन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

रोजगार संयोजक धर्मराज गुरुङले महोत्सवले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, महिला समूहको सक्रियता बढाउने र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो । स्थानीय प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रिय स्तरसम्म दोर्दीलाई चिनाउने अवसर महोत्सवले दिने उहाँले बताउनुभयो । आयोजकका अनुसार महोत्सवका लागि करिब १७ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । गाउँपालिका, स्थानीय समुदाय र सरोकारवालाको सहकार्यमा महोत्सवलाई सफल बनाइने आयोजकले बताएको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist