भिल्ल प्रवृत्ति !

एउटा न्यायप्रेमी राजा थियो । उसको सुन्दर र ठूलो रक्त चन्दनको बगैंचा थियो ।

एकदिन जङ्गलमा सिकारको पछि लाग्दा रात पर्‍यो र अँध्यारोमा घना जङ्गलबाट निस्किने बाटो छिचल्न सकिएन । एकछिन यताउता दौडधुप गर्दागर्दै राजा र मन्त्रीले एउटा भिल्लको झुपडी देखेर त्यसैमा त्यो रात आश्रय लिने विचार गरे ।

भिल्लले उनीहरूलाई बडो स्नेहपूर्वक आदर सत्कार गर्‍यो र जो भएका फलफूल र खानेकुरा टक्रायो । उनीहरूले सुखपूर्वक रात बिताए ।

बिहान बिदाहुने बेलामा राजाले भिल्लको जीविका कसरी चलिरहेको छ जान्न खोज्यो । भिल्लले दिनहुँ काठबाट गोल (कोइला) बनाई बजारमा बेचेर आफ्नो गुजारा चलिरहेको बतायो ।

भिल्लसङ्ग निकै खुसी भएको राजाले भन्यो – अब तिम्रा दुखका दिन सकिए । आजदेखि म आफ्नो चन्दनको बगैंचा तिमीलाई दिन्छु । त्यहाँ तिमीले निकै सुखी र सम्पन्न जिन्दगी बिताउने छौ । मसङ्गै हिँड ।

भिल्लको परिवार खुसीखुशी राजासङ्गै लागेर गयो र चन्दनको बगैंचामा छाप्रो बनाएर रहन थाल्यो ।

राजकाजमा ब्यस्त राजाले भिल्ललाई बिर्स्यो र झण्डै १ वर्षपछि सम्झिएर उसको हालचाल बुझ्न गयो । उसले चन्दनको काठले भिल्ल अब निकै सम्पन्न जीवन बिताइरहेको होला भन्ने अन्दाज गर्दैथियो ।

राजा त्यहाँ पुग्दा चन्दनको त्यत्रो बगैंचा उजाड भएको देख्यो । त्यहाँको दृश्यले राजा निकै दुखी भयो । वर्षौंको मेहनतले हुर्काइएको करोडौँ मूल्य पर्ने त्यत्रो बगैंचा यति छिट्टै बिमाख पारिनु नै राजालाई क्षोभ र आश्चर्यको कुरा थियो ।

भिल्लले भन्यो – महाराज ! हजुरलाई लाखलाख धन्यवाद छ कि हजुरले मलाई यति सजिलो ठाउँमा ल्याइदिनु भयो । पहिले मलाई जङ्गल जङ्गल डुलेर काठ खोज्नु पर्थ्यो । तर अहिले जति पनि काठ यहीँ अगाडि छ, चाहिए जति काट्यो कोइला बनायो र बेच्यो । बरु यहाँका रुख सिद्धिन थालेकोले अर्को पनि यस्तै बगैंचा दिनुभए मेरो कल्याण हुँदो हो !

अर्थात् बहुमूल्य रक्तचन्दनलाई बालेर उसले सुका-मोहरको गोल (कोइला) बनाएर सिध्याएको रहेछ । कौडीमा पनि मिल्किन्छ भिल्लको देशमा मणि !

धिक्कार !!

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist