गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको कालिका मन्दिरमा धेरै पहिला राजाले मात्र पूजा गर्ने चलन थियो । विसं १५५० असारमा कुलमण्डन खाँका छोरालाई ल्याएर राजा बनाइएपछि कालिका मन्दिर स्थापना भएको थियो । तत्कालिन बाइसे चौबिसे राज्य एकीकरणपछि यहाँ राजाको नाउँमा पूजाआजा हुन थाल्यो । गणतन्त्रपछि भने यहाँ जनताको नाउँमा पूजा गर्न थालिएको छ । 

गणतन्त्रपछि जनताको नाउँमा पूजा गर्ने गरिए पनि राजाले बसाएको चलन भने हटेको छैन । बर्सौंदेखि गुठी संस्थानबाट मन्दिरमा चढाउन भेटी, प्रसाद र बलीको व्यवस्था हुँदै आएको छ । चैते दसैँका लागि राँगा, बोका, सुँगुर, भेडा, हाँस, कुखुरा, परेवाका लागि पनि बजेट आउने गर्छ । मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले भन्नुभयो, “जिल्लामा गुठी संस्थानको कार्यालय नभएकाले मालपोतमै बजेट आउने गर्छ । बजेट पुजारीलाई दिएर पूजा गराउने गरिएको छ ।” श्रेष्ठका अनुसार राँगा, बोका, भेडालाई कम रकम आउँदा पूजा गराउन समस्या हुने गरेको बताउनुभयो । 

गणतन्त्रपछि पनि राजाको पालादेखि राखिएको सरकारी बलि दिने परम्पराको अन्त्य हुन नसक्नुले परिवर्तनको आभास नमिलेको सर्वसाधारणको टिप्पणी छ । यसअघि मन्दिरको प्रसाद राजालाई पठाइने गरिएकोमा गणतन्त्रपछि राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ । सरकारका मुख्य सचिव, गुठी संस्थानका अध्यक्ष, गुठी प्रशासक, भूमि व्यवस्था मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायतलाई प्रसाद पठाउने गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ । 

मन्दिरमा व्यक्तिगत रूपमा बलि चढाउन तथा पूजाआजाका लागि लमजुङ, तनहुँ, कास्की, गोरखा, चितवन, काठमाडौँदेखि भक्तजन आउने गरेको पुजारी माधव बरालले बताउनुभयो ।    

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist