
एउटा निकम्मा युवा थियो । कामधाम केही नगरी डुलेर र गफ चुटेर खान्थ्यो । आमाले निकै दुख गरेर परिवार धानेकी थिइन् ।
एकदिन घरबाट निस्किने बेलामा आमाले भनिन् – आज पनि केही कमाएर ल्याइनस् भने भरे बेलुका तेरो दानापानी रोक्का हुनेछ ।
उसले यताउता रल्लिएर दिन कटायो र बेलुका घर फर्किने बेलामा मात्र आमाको खबरदारी याद आयो । केही नलिई गएमा आमाको गाली त छँदैछ, खाना पनि नमिल्ने चेतावनी छ । के लिएर जानेहोला भन्ने कुरा मनमा खेलाउँदै जाँदा बाटोमा मरेको मुसा भेटेर त्यही लिई घर गयो । अल्छीका हजार दाउ त हो !
तर आमाले यसलाई उसमा केही कमाएर ल्याउनु पर्छ भन्ने सकारात्मक सोच पलाएको मानेर खुसी भइन् र मुसालाई आँगनको एकछेउमा फालिदिइन् ।
साँझपख एउटा चिलले चुच्चोमा मूल्यवान हार लिएर उड्दै रहेछ । मुसो देखेपछि त्यसले हार त्यहीँ छोडेर मुसो लिएर गयो । आमा छोराको गरिबी हट्यो र छोरोले पनि कामको महत्व बुझ्यो ।
यो कथा सत्य हो होइन भन्न सकिन्न । तर यसको प्रतिकात्मक अर्थ जो छ सबैका लागि महत्वपूर्ण छ ।
“उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः !”
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















