लमजुङ । मध्यनेपाल गरपालिका–७ करापुटारमा आयोजित खुला भजन प्रतियोगितामा कास्कीको फूलबारीस्थिति उकारेश्वर भजन समूह पहिलो भएको छ ।
इशानेश्वर मन्दिर क्षेत्र विकास समितिको आयोजनामा भएको भजन प्रतियोगितामा तेह्र समूहलाई पछि पार्दै उकारेश्वर पहिलो भएको हो । सो प्रतियोगितामा इशानेश्वर बालन समूह करापुटर दोस्रो भयो भने तनहुँ कोत्रेको महेश्वर खनाल भजन समूह तृतिय भयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार नगद र प्रमाणपत्र प्राप्त गरे । लेखनाथ कास्कीको शिसुवा सन्त संघ भजन समूहले सान्वना पुरस्कार दश हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजक इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा व्यासज्योती धर्मजागरण भजन समूह व्यास तनहुँले ‘स्वर तथा पोशाक उत्कृष्ट’ उपाधि जित्यो, भने करापुटार भजन समूहले ‘शब्द चयन उत्कृष्ट’ पुरस्कार पायो । ‘खैंजडी बाजा उत्कृष्ट’ पुरस्कार शुक्लागण्डकी तनहुँको राधाकृष्ण भजन समूहले पायो । उत्कृष्ट हुने यी समूहहरूले जनही पाँचहजार ५५५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताका प्रत्येक सहभागी टोलीलाई आयोजक समितिले पाँचहजार रुपैयाँ प्रदान गरेको थियो ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले पूरानो लोक भजन संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















