माघको पहिलो साता नवौँ लमजुङ महोत्सव

लमजुङ । लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो । 

लमजुङ महोत्सवको नारा ‘स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार व्यवसायमा उन्नति : कला, संस्कृति र पर्यटन प्रवर्धन समग्र लमजुङको सम्वृद्धि’ भन्ने रहको छ । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले महोत्सवबाट जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । 

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवले जिल्लामा उत्पादन हुने स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्रीको बजार प्रवर्धन गर्ने, स्थानीय उद्योग, व्यापार तथा व्यवसायलाई आर्थिकरूपमा सशक्त र गतिशील बनाउने, जिल्लाको मौलिक कला, संस्कृति, धार्मिक क्रियाकलाप, रीतिरिवाजको संरक्षण तथा प्रचार–प्रसार गर्ने,  आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गरी लमजुङलाई पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न पहल गर्नेछ । 

यसैगरी स्थानीय कलाकार, उद्यमी, किसान तथा व्यवसायीलाई प्रोत्साहन प्रदान गर्ने, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउन टेवा दिने महोत्सवको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महोत्सवका प्रमुख आकर्षणमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको लोक तथा दोहोरी, आधुनिक गायन प्रस्तुति, जिल्लाका मौलिक नाच, गीत, वेशभूषा र सांस्कृतिक प्रस्तुति, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगका स्टलहरू, हस्तकला, जडीबुटी, खाद्यपरिकार तथा स्थानीय उत्पादनको प्रदर्शनी, औद्योगिक, व्यापारिक तथा व्यावसायिक प्रविधियुक्त प्रदर्शनीकक्ष रहने उद्योग वाणिज्य संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार धार्मिक तथा सांस्कृतिक झाँकी, खेलाडी तथा विद्यार्थी खेलाडीद्वारा खेल कौशल, मनोरञ्जनात्मक कार्यक्रम, बालउद्यान तथा खेलकुद गतिविधिहरु रहने श्रेष्ठले बताउनुभयो ।

बेसीशहर –७ सहजी खेलमैदानमा १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा कुल २ सय २५ स्टल राखिने भएको छ । महोत्सव अवधिभर १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्सव सञ्चालनका लागि ९५ लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । यसैगरी पुस २६ गते संघको स्वर्ण जयन्तीको अवसरमा संस्थापक अध्यक्ष तिलकबहादुर पौडेलको अर्धकदको शालिक अनावरण र पूर्व अध्यक्षसहितका पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम राखेको वाणिज्य संघले जनाएको छ । 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist