एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । 

पार्टी केन्द्रलाई उदृत गर्दै प्रदेश कमिटीले मागेबमोजिम समानुपातिक सांसदका लागि आठ जनाको नाम जिल्लाले सिफारिश गरेको हो । एमाले लमजुङले समानुपातिकतर्फ महिलामा केन्द्रीय सदस्य भगवती थापा क्षेत्री (कल्पना), प्रदेश कमिटीका सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारीको नाम सिफारिश गरेको छ । 

यसैगरी खस आर्यतर्फ प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रदेश कमिटीका सदस्यद्वय फूलबहादुर थापा र मोहनहरि पौडेलको नाम सिफारिश भएको छ । त्यसैगरी जनजातितर्फ सिफारिशका लागि प्रदेश कमिटीमै रहनुभएका प्रेमबहादुर घले, र महेन्द्रलाल श्रेष्ठ तथा दलिततर्फ प्रदेश कमिटी सदस्य नन्दराम विश्वकर्माको नाम सिफारिश हुनु भएको एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले बताउनु भयो ।

अध्यक्ष विष्टले उहाँहरूको नाम सर्वसम्मत छनाेट गरेर एमाले गण्डकी प्रदेश कमिटीलाई जानकारी गराइएको र प्रदेशबाट केन्द्रमा कति जना सिफारिश हुन्छन् त्यो भने अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताउनु भयो । 

जिल्ला अध्यक्ष विष्टका अनुसार केन्द्रबाट प्रदेश कमिटी अध्यक्षलाई नामावली पठाउन निर्देशन आएपछि प्रदेश अध्यक्षले जिल्ला कमिटीसँग नाम माग गर्नु भएको थियो । त्यसअनुसार जिल्लाबाट निर्वाचित केन्द्रीय नेतृत्व तथा सदस्यहरू र जिल्ला नेतृत्वसँग परामर्श गरी नामवली सिफारिस गरिएको उहाँले बताउनु भयो । 

एमालेले पार्टी नीतिप्रति प्रतिबद्ध, पार्टीको काममा निरन्तरता, समाजमा स्थापित, लोकप्रिय, स्वच्छ छवि भएका व्यक्ति सिफारिश गर्न निर्देशन दिएको थियो । एक पटक समानुपातिकमा परेका र हाल जनप्रतिनिधि रहेकालाई सिफारिश नगर्ने मापदण्ड एमालेले बनाएको छ ।   

सिफारिस गरिएका मध्ये धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनु हुन्छ । सिफारिश हुनु भएका मध्ये घले क्व्होँलासोँथर गाउँपालिकाको पूर्व प्रमुख र अधिकारी बेँसीसहर नगरपालिकाको पूर्व उपप्रमुख हुनु हुन्छ । विश्वकर्मा यसअघि पनि प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा हुनु हुन्थ्यो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist