नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।

नेकपा एसका पूर्व केन्द्रीय सदस्य डा. बालकृष्ण बराल नेतृत्वमा सयाैं नेता कार्यकर्ताले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।

एमालेभित्र विधि र पद्धति नभएको भन्दै विद्रोहको गरेपनि नेकपा एसमा पनि झनै विधि र पद्धति नदेखिएको पार्टी परित्याग गरेका नेता कार्यकर्ताले बताए ।

नेकपा एसमा सुरूदेखि नै चरम गुटबन्दी उनीहरुले बताएका छन् ।

नेकपा एसकाे महाधिवेशनमा नेताहरुले आ–आफ्नो खल्तीबाट केन्द्रिय कमिटीका सदस्य, पोलिटब्युरो र स्थायी समितीका सदस्यहरु बनाएकाे उनीहरूले बताए । अधिवेशनमा विचार, सिद्धान्त, विधि, पद्धद्धिको धज्जी उडाइएकाे विज्ञप्तिमा उल्लेख छ ।

लमजुङमा पार्टी निर्माणको प्रारम्भ देखिनै समस्या पैदा भएको र समाधानको लागि शीर्ष नेतृत्वसंग लामो समयसम्म समाधानको याचना गरिए पनि केही नगरेको साथै जिल्लाका धेरै कार्यकर्तालाई पार्टी कमिटीमा बसेर काम गर्न नसकिने स्थितिमा पुराएको उनीहरुले बताएका छन् ।

पार्टी परित्यागको घोषणा गर्नेकाे नामावली :
डा. बालकृष्ण बराल–निवर्तमान केन्द्रीय सदस्य
लिलाधर सापकोटाः सदस्य, केन्द्रीय सल्लाहकार परिषद्
सुरेश गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
वेनबहादुर सुयलः सदस्य, गण्डकी प्रदेश कमिटी
सूर्यबहादुर कुँवरः सदस्य, गण्डकी प्रदेश कमिटी
अमृत गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
सन्तुमाया विक खत्रीः उपाध्यक्ष, जिल्ला कमिटी लमजुङ
हरिनिधि तिवारीः उपसचिव–जिल्ला कमिटी लमजुङ
कृष्णबहादुर केसीः सदस्य–जिल्ला कमिटी लमजुङ
महेन्द्रबहादुर थापाः सदस्य–जिल्ला कमिटी लमजुङ
मातृका अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
वासुदेव न्यौपानेः सदस्य–जिल्ला कमिटी लमजुङ
राम तामाङः सदस्य–जिल्ला कमिटी लमजुङ
विरबहादुर अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
हरिबहादुर कुँवरः सदस्य–जिल्ला कमिटी लमजुङ
विष्णु विष्टः सदस्य–जिल्ला कमिटी लमजुङ

लोकदृश्य
+ posts

ताजा खबर

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस...

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist