
राजकुमारलाई जीवनोपयोगी सीप सिकाउन एउटा निकै अनुभवी शिक्षक दरबारमा नियुक्त गरियो । उसले राजकुमारलाई पौडी खेल्ने, रुख चढ्ने, मार्शल आर्ट्स, घोडा सवारी र अरू पनि केही यस्तै अत्यावश्यक सीप र कलाहरू सिकाउनु पर्थ्यो ।
एकदिन उसले राजकुमारलाई रुख चढ्न सिकाउँदै थियो । आवश्यक निर्देशन दिएर उसले राजकुमारलाई रुखमा पठायो । सिकाए अनुसार नै राजकुमार बिस्तारै अग्लो रुखको टुप्पोमा पुग्यो र एकछिन पछि ओर्लिन थाल्यो । जब उ ४० फीट माथिबाट झरेर १० फीट जतिको उचाइमा आइपुग्यो शिक्षक अचानक उठ्यो र टाठो आवाजमा सावधान गरायो – युवराज ! लडिएला नि ! ख्याल गर्नु, सतर्क हुनु !
शिक्षकको व्यवहारले राजकुमार बडा हैरान भयो । तल आएपछि उसले गुरुलाई सोध्यो – ये के तरिका हो, गुरुजी ? जब म ४० फीटको उचाइमा थिएँ, तपाईं केही बोल्नु भएन । जोखिम र खतरा स्वाभाविक रूपले त्यहाँ बढी थियो किनकी त्यहाँबाट खसेको भए मेरो बच्ने कुनै चान्स थिएन । तर खतरा कम हुने लगभग १० फीट जतिको उचाइमा आएपछि मात्र तपाईंले मलाई सावधान गराउनु भयो । यस्तो किन ? यो उल्टो भएन र ?
शिक्षकले भन्यो – युवराज ! खतरा जहाँ पनि र जहिले पनि हुन्छ । पानी पिउँदा सास रोकिएर मर्ने पनि धेरै हुन्छन् । हिँड्दा हिड्दै लडेर पनि मान्छे मरेका छन् । यस्तो किन हुन्छ, थाह छ ?
जब मान्छे उचाइमा हुन्छ अर्थात् बढी जोखिममा हुन्छ, उ सतर्क भइहाल्छ । उसको यही उच्च सावधानीले उसलाई बचाउँछ, दुर्घटना हुनदिन्न । त्यस्तो ठाउँमा दुर्घटना कमै मात्र हुन्छन् ।
तर जब मान्छे अल्लि सजिलो ठाउँमा आइपुग्छ, उ निदाउँछ । अर्थात् उसको सतर्कता र होसियारी कम हुन्छ । उ निश्चिन्त र लापरबाह भइहाल्छ । दुर्घटना निम्त्याउने उचाइले होइन यही असावधानीले हो । युवराजको हकमा खतरा पनि १०-१२ फीटको उचाइमा आएपछि नै बढी थियो । मैले तसर्थ त्यहीँनेर नै सावधान गराएँ जो आवश्यक पनि थियो ।
ठीक यही नियम हाम्रो जीवनमा पनि लागु हुन्छ । मान्छेले धेरैजसो धोका, असफलता र दुर्घटना पनि नपत्याएको व्यक्ति, ठाउँ, समय र परिस्थितिबाटै भोगेको हुन्छ !
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















