सावधान !

राजकुमारलाई जीवनोपयोगी सीप सिकाउन एउटा निकै अनुभवी शिक्षक दरबारमा नियुक्त गरियो । उसले राजकुमारलाई पौडी खेल्ने, रुख चढ्ने, मार्शल आर्ट्स, घोडा सवारी र अरू पनि केही यस्तै अत्यावश्यक सीप र कलाहरू सिकाउनु पर्थ्यो ।

एकदिन उसले राजकुमारलाई रुख चढ्न सिकाउँदै थियो । आवश्यक निर्देशन दिएर उसले राजकुमारलाई रुखमा पठायो । सिकाए अनुसार नै राजकुमार बिस्तारै अग्लो रुखको टुप्पोमा पुग्यो र एकछिन पछि ओर्लिन थाल्यो । जब उ ४० फीट माथिबाट झरेर १० फीट जतिको उचाइमा आइपुग्यो शिक्षक अचानक उठ्यो र टाठो आवाजमा सावधान गरायो – युवराज ! लडिएला नि ! ख्याल गर्नु, सतर्क हुनु !

शिक्षकको व्यवहारले राजकुमार बडा हैरान भयो । तल आएपछि उसले गुरुलाई सोध्यो – ये के तरिका हो, गुरुजी ? जब म ४० फीटको उचाइमा थिएँ, तपाईं केही बोल्नु भएन । जोखिम र खतरा स्वाभाविक रूपले त्यहाँ बढी थियो किनकी त्यहाँबाट खसेको भए मेरो बच्ने कुनै चान्स थिएन । तर खतरा कम हुने लगभग १० फीट जतिको उचाइमा आएपछि मात्र तपाईंले मलाई सावधान गराउनु भयो । यस्तो किन ? यो उल्टो भएन र ?

शिक्षकले भन्यो – युवराज ! खतरा जहाँ पनि र जहिले पनि हुन्छ । पानी पिउँदा सास रोकिएर मर्ने पनि धेरै हुन्छन् । हिँड्दा हिड्दै लडेर पनि मान्छे मरेका छन् । यस्तो किन हुन्छ, थाह छ ?

जब मान्छे उचाइमा हुन्छ अर्थात् बढी जोखिममा हुन्छ, उ सतर्क भइहाल्छ । उसको यही उच्च सावधानीले उसलाई बचाउँछ, दुर्घटना हुनदिन्न । त्यस्तो ठाउँमा दुर्घटना कमै मात्र हुन्छन् ।

तर जब मान्छे अल्लि सजिलो ठाउँमा आइपुग्छ, उ निदाउँछ । अर्थात् उसको सतर्कता र होसियारी कम हुन्छ । उ निश्चिन्त र लापरबाह भइहाल्छ । दुर्घटना निम्त्याउने उचाइले होइन यही असावधानीले हो । युवराजको हकमा खतरा पनि १०-१२ फीटको उचाइमा आएपछि नै बढी थियो । मैले तसर्थ त्यहीँनेर नै सावधान गराएँ जो आवश्यक पनि थियो ।

ठीक यही नियम हाम्रो जीवनमा पनि लागु हुन्छ । मान्छेले धेरैजसो धोका, असफलता र दुर्घटना पनि नपत्याएको व्यक्ति, ठाउँ, समय र परिस्थितिबाटै भोगेको हुन्छ !

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist