नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।
जापान भ्रमणमा रहेका नेता दाहालले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताएका थिए ।
यस्तै नेपाल पर्यटनको अनन्त पर्यटन विकासको केन्द्र हुनसक्ने उनको भनाइ थियो । दाहालले भने, ‘अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा मेरो ध्यान कृषिको आधुनीकिकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा मेरो ध्यान छ ।’
तर देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै उनले उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै अझै नरहेको बताए ।
जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै दाहालले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए । यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको दाहालले बताएका थिए ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link