लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्राेफेसर सूर्यप्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार यसवर्ष अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई प्रदान गरिने भएकाे छ ।
अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयाको वातावरण परिबर्तन सम्बन्धि नीति र कानूनले आदिवाशी जनजातीहरुको हजारौं वर्ष देखिको भूमि माथिको अधिकारमा परेको असर बारेको कृतिका लागि पुरस्कार प्रदान गरिएको हो।
आधुनिक प्रकारका दासता उन्मुलन र मानवको मानव भएर बाच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनैपनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्बोत्कृष्ट कृतिलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने व्यवस्था छ।
करिव दुइसय वर्ष अघि संसारभरी दास प्रथा उन्मुलन गर्न नेतृत्व गरेका वेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटीच्युटले आयोजना गर्ने बार्षिक प्रतियोगिताबाट विजेता छानिने उक्त पुरस्कार कानून, राजनीति शास्त्र, समाज शास्त्र, मानविकी आदि बिषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर चालिस वर्ष ननाघेका व्यक्तिले भाग लिन पाउनेगरि स्थापना गरिएको हो।
उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गरेका प्रा. सुवेदीलाई तिन बर्ष अघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो सर्वच्व उपाधि प्रदान गरेको थियो।
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
-
Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/