लमजुङ । लमजुङको दुधपोखरी गाउँपालिका–४ स्थित चम्पावती प्राथामिक विद्यालयलाई तमु समाज इजरायलले आर्थिक सहयोग गरेको छ ।
समाजले विद्यालयका लागि एक लाख २५ हजार बराबरको फर्निचर सामाग्री सहयोग गरेको हो । सो सहयोग सामाग्री एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा तमु समाज इजरायलका कार्यसमितिका सदस्य धना गुरुङकी आमा कुमाया गुरुङबाट विद्यालय व्यवस्थापन समितिका सदस्य बुधमाया गुरुङलाई सो रकम बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक विमला अधिकारीले जानकारी दिनुभयो ।
सो सहयोग रकमबाट भवनमा आवश्यक बेन्च, कुर्ची, टेबललगायतका सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ ।
वडाअध्यक्ष ओम बहादुर गुरुङले तमु समाज इजरायल, धना गुरुङ, सपना गुरुङ र नर बहादुर गुरुङलाई विद्यालयमा गरेको सहयोगको प्रशंसा गर्दै सम्मान पत्रद्धारा सम्मान गर्नुभयो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















