भारतको सहयोगमा दोर्दी र मध्यनेपालमा एम्वुलेन्स !

लमजुङ । भारत सरकारले लमजुङको दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले भारतीय दूतावासमार्फत गरेको एम्बुलेन्स सहयोग पालिकामा प्राप्त भएसँगै दुवै पालिकामा सो सेवा साउन १ गतेबाट सुरु भएको छ ।

दुवै पालिकालाई ख वर्गको एम्वुलेन्स प्रदान गरेको हो । दोर्दी गाँउपालिका अध्यक्षले उक्त एम्बुलेन्स मार्फत गाउँपालिका अन्र्तगत बासिन्दाले सहज र सर्वसुलभ तवरले प्रयोग गर्न पाउने वाताबरण सिर्जना गरिने बताए । उनका अनुसार गाँउपालिका भित्रका गर्भबती, सुत्केरी महिला, गरिबी, असहायहरूको लागि निःशुल्क सेवा प्रदान गरिने छ । एम्बुलेन्स प्राप्त गर्न सहजिकरणका लागि सहयोग गर्ने अर्चलबोट निवासी समाजसेवी पूर्णबहादुर कुँवर र भारत सरकार तथा भारतीय दूतावासलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।

मध्यनेपाल नगरपालिकामा प्राप्त भएको एम्बुलेनस मध्यनेपाल नगरपालिका– १० को नेटा स्वास्थ्य चौकीको मातहातमा सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले बताए । उनका अनुसार नगरपालिकाले नेटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी गरेको छ । उक्त सेवालाई प्रभावकारी एवम् उपलब्धीपूर्ण बनाउन एम्वुलेन्स सेवा आवश्यक भएको हुँदा सञ्चालनमा ल्याइएको हो ।

मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले नागरीकलाई स्वास्थ्य सेवामा सहज बनाउन एम्बुलेन्सको व्यवस्था गरेको बताए । उनका अनुसार विशेष गरी नगरपालिका भित्रका गरीब, विपन्न, जेष्ठनागरिक र असक्त व्यक्तिहरूलाई सुलभ रुपमा सेवा प्रदान गरिने छ ।

भारत सरकारले नेपाल स्थित आफ्नो दुतावासमार्फत नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस सहयोग गरेको जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist