भारतको सहयोगमा दोर्दी र मध्यनेपालमा एम्वुलेन्स !

लमजुङ । भारत सरकारले लमजुङको दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले भारतीय दूतावासमार्फत गरेको एम्बुलेन्स सहयोग पालिकामा प्राप्त भएसँगै दुवै पालिकामा सो सेवा साउन १ गतेबाट सुरु भएको छ ।

दुवै पालिकालाई ख वर्गको एम्वुलेन्स प्रदान गरेको हो । दोर्दी गाँउपालिका अध्यक्षले उक्त एम्बुलेन्स मार्फत गाउँपालिका अन्र्तगत बासिन्दाले सहज र सर्वसुलभ तवरले प्रयोग गर्न पाउने वाताबरण सिर्जना गरिने बताए । उनका अनुसार गाँउपालिका भित्रका गर्भबती, सुत्केरी महिला, गरिबी, असहायहरूको लागि निःशुल्क सेवा प्रदान गरिने छ । एम्बुलेन्स प्राप्त गर्न सहजिकरणका लागि सहयोग गर्ने अर्चलबोट निवासी समाजसेवी पूर्णबहादुर कुँवर र भारत सरकार तथा भारतीय दूतावासलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।

मध्यनेपाल नगरपालिकामा प्राप्त भएको एम्बुलेनस मध्यनेपाल नगरपालिका– १० को नेटा स्वास्थ्य चौकीको मातहातमा सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले बताए । उनका अनुसार नगरपालिकाले नेटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी गरेको छ । उक्त सेवालाई प्रभावकारी एवम् उपलब्धीपूर्ण बनाउन एम्वुलेन्स सेवा आवश्यक भएको हुँदा सञ्चालनमा ल्याइएको हो ।

मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले नागरीकलाई स्वास्थ्य सेवामा सहज बनाउन एम्बुलेन्सको व्यवस्था गरेको बताए । उनका अनुसार विशेष गरी नगरपालिका भित्रका गरीब, विपन्न, जेष्ठनागरिक र असक्त व्यक्तिहरूलाई सुलभ रुपमा सेवा प्रदान गरिने छ ।

भारत सरकारले नेपाल स्थित आफ्नो दुतावासमार्फत नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस सहयोग गरेको जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist