बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ रहनुभएका २२ वर्षिय अधिकारीलाई हाल जापान र मकाउमा रहनुभएका युवाले आर्थिक सहयोग जुटाएर पठाउनु भएको हो ।

अधिकारीको उपचारका लागि मर्स्याङ्दी-९ पामचोक स्थायी ठेगाना भई हाल जापानमा रहनुभएका समाजसेवी युवा कुमार भण्डारी र श्रीमती सरिता शाहीको संयोजकत्वमा अर्थ संकलन गरिएको हो । कुमारको संयोजकत्वमा त्यहाँ रहनुभएका ४० जना भन्दा बढि ब्यक्तिहरूसंग संकलन गरि एक लाख चार हजार ९८ रूपियाँ संकलन गरि पीडितलाई पठाउनुभएको हो । जापानमा संकलित एक लाख ११ हजार ५० येनको नेपाली रूपान्तरित एक लाख चार हजार ९८ रूपियाँ पीडित विश्वराजकी आमा शान्ता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका-९ का सहायक सचिव शैलेन्द्र घिमिरे मार्फत पठाउनु भएको सो सहयोग रकम वडाअध्यक्ष हरिश्चन्द्र थापाले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

यसैगरि कुमारका भाइबुहारीद्वय जनक भण्डारी र शारदा पराजुलीले मकाउमा सहयोग संकलन गरि पीडित परिवारलाई पठाउनु भएको छ । लमजुङ सेवा समिति मकाउका सल्लाहकार समेत रहनुभएका जनकले एक लाख ८२ हजार ९ सय ४६ रूपियाँ सहयोग संकलन गरि पठाउनु भएको हो ।

मकाउमा रहनुभएका ८१ जनाबाट संकलित सहयोग रकम काठमाडौंमा जनकका दाजु विश्वराज भण्डारीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

लमजुङमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील कुमारले यसअघि मर्स्याङ्दी गाउँपालिका(३ पल्लोटारीका पहिरो पीडितलाई १९ लाख सहयोग संकलन गर्नुभएको थियो ।

एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अबस्थामा रहनुभएका विश्वराज अधिकारीको उपचारमा हालसम्म ६० लाख भन्दा बढी खर्च भएको उहाँको आमा शान्ता अधिकारीले बताउनुभयो । अब बोनम्यारो प्रत्यारोपण गर्न करिब ३५ लाख जति रकम चाहिने भएकोले सहयोगको अपिल गरिएको उहाँले बताउनुभयो ।

बोनम्यारो भनेको मानिसको शरीरमा भएको भित्री मासी हो, जुन हड्डीभित्र रहेको हुन्छ । यही ठाउँमा रातो, सेतो रगत एवं प्लेटलेट्स बन्छ। अर्थात् शरीरलाई चाहिने रगत
बन्ने ठाउँ नै बोनम्यारो हो। यो हड्डीभित्र हुन्छ।

तर, कहिलेकाहीँ यो रगत बन्ने बोनम्यारोमा खराबी आउँछ वा क्यान्सर हुन्छ, त्यसपछि मानिसको शरीरमा रगत बन्न सक्दैन। अनि यस्तो अवस्थामा त्यही खराब भएको बोनम्यारोलाई किमोथेरापीमार्फत सुकाएर अर्को बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ। त्यही बोनम्यारो फेर्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो। यो बोनम्यारो प्रत्यारोपण पनि विभिन्न किसिमले गर्न सकिन्छ ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist