बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ रहनुभएका २२ वर्षिय अधिकारीलाई हाल जापान र मकाउमा रहनुभएका युवाले आर्थिक सहयोग जुटाएर पठाउनु भएको हो ।

अधिकारीको उपचारका लागि मर्स्याङ्दी-९ पामचोक स्थायी ठेगाना भई हाल जापानमा रहनुभएका समाजसेवी युवा कुमार भण्डारी र श्रीमती सरिता शाहीको संयोजकत्वमा अर्थ संकलन गरिएको हो । कुमारको संयोजकत्वमा त्यहाँ रहनुभएका ४० जना भन्दा बढि ब्यक्तिहरूसंग संकलन गरि एक लाख चार हजार ९८ रूपियाँ संकलन गरि पीडितलाई पठाउनुभएको हो । जापानमा संकलित एक लाख ११ हजार ५० येनको नेपाली रूपान्तरित एक लाख चार हजार ९८ रूपियाँ पीडित विश्वराजकी आमा शान्ता अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

मर्स्याङ्दी गाउँपालिका-९ का सहायक सचिव शैलेन्द्र घिमिरे मार्फत पठाउनु भएको सो सहयोग रकम वडाअध्यक्ष हरिश्चन्द्र थापाले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

यसैगरि कुमारका भाइबुहारीद्वय जनक भण्डारी र शारदा पराजुलीले मकाउमा सहयोग संकलन गरि पीडित परिवारलाई पठाउनु भएको छ । लमजुङ सेवा समिति मकाउका सल्लाहकार समेत रहनुभएका जनकले एक लाख ८२ हजार ९ सय ४६ रूपियाँ सहयोग संकलन गरि पठाउनु भएको हो ।

मकाउमा रहनुभएका ८१ जनाबाट संकलित सहयोग रकम काठमाडौंमा जनकका दाजु विश्वराज भण्डारीले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

लमजुङमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील कुमारले यसअघि मर्स्याङ्दी गाउँपालिका(३ पल्लोटारीका पहिरो पीडितलाई १९ लाख सहयोग संकलन गर्नुभएको थियो ।

एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अबस्थामा रहनुभएका विश्वराज अधिकारीको उपचारमा हालसम्म ६० लाख भन्दा बढी खर्च भएको उहाँको आमा शान्ता अधिकारीले बताउनुभयो । अब बोनम्यारो प्रत्यारोपण गर्न करिब ३५ लाख जति रकम चाहिने भएकोले सहयोगको अपिल गरिएको उहाँले बताउनुभयो ।

बोनम्यारो भनेको मानिसको शरीरमा भएको भित्री मासी हो, जुन हड्डीभित्र रहेको हुन्छ । यही ठाउँमा रातो, सेतो रगत एवं प्लेटलेट्स बन्छ। अर्थात् शरीरलाई चाहिने रगत
बन्ने ठाउँ नै बोनम्यारो हो। यो हड्डीभित्र हुन्छ।

तर, कहिलेकाहीँ यो रगत बन्ने बोनम्यारोमा खराबी आउँछ वा क्यान्सर हुन्छ, त्यसपछि मानिसको शरीरमा रगत बन्न सक्दैन। अनि यस्तो अवस्थामा त्यही खराब भएको बोनम्यारोलाई किमोथेरापीमार्फत सुकाएर अर्को बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ। त्यही बोनम्यारो फेर्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो। यो बोनम्यारो प्रत्यारोपण पनि विभिन्न किसिमले गर्न सकिन्छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist