भुपू गोर्खा वार्ताको लागि ‘टर्म्स अफ रिफरेन्स’ बैठक अगष्ट २२ मा

भूतपूर्व गोर्खाहरुको मागको बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ता मिति टुंगो लागेको छ । बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) बैठकको मिति आगामी अगष्ट २२ का दिन तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासमा हुने उक्त बैठकमा बेलायती रक्षा मन्त्रालय, लन्डनस्थित नेपाली दूतावास र पूर्व गोर्खाहरुका प्रतिनिधि समेतको सहभागिता रहनेछ।

विभिन्न कारणले गर्दा वार्तामा ढिलाई भइरहेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट पटक पटक चेतावनी दिइँदै आएको थियो । वार्ता मिति तय भएसँगै आफ्ना मागहरुको सुनुवाई प्रक्रिया अघि बढ्नेमा भुपू गोर्खाहरु आशावादी बनेका छन् ।

भुपू गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा वार्ताको लागि यसअघि नै छलफल भएपनि प्रक्रियामा ढिलाई भैरहेको थियो ।

अगष्ट २२ को बैठकबाट नै वार्ताको ‘टिओआर’ लाई अन्तिम रुप दिने प्रयास गरिने र सम्भव नभएमा पुनः अर्को बैठकले टुंगो लगाइने  दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । सेप्टेम्बरभित्र वार्ता सुरु गरिने र सन् २०२३ को जनवरीसम्ममा निष्कर्षमा पुर्याउने लक्ष्य रहेको दूतावासले जनाएको छ ।

बेलायत र नेपाल सरकारबीच वार्ता हुने वार्तामा गोर्खाहरुको पनि प्रतिनिधित्व रहनेछ । वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै मेजर जुद्धबहादुर गुरुङको सहभागिता रहनेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist