इन्स्टाग्राममा नयाँ फिचर, फूलस्क्रिन फोटो अपलोड गर्न सकिने

फोटो तथा भिडियो शेयरिङ एप इन्स्टाग्रामले फेरि पनि टिकटकको एक अर्को फिचरको नक्कल गर्ने तयारी गरिरहेको छ ।

पछिल्ला दिनमा टिकटकका फिचरहरू नक्कल गरेका भनेर आलोचना खेप्दै आएको इन्स्टाग्रामले अहिले आफ्नो प्लाटर्फममा फूलस्क्रिन फिचर ल्याउने तयारी गरेको छ ।

इन्स्टाग्रामले आफ्नो प्लाटर्फमका लागि ९ः१६ आस्पेक्ट अनुपातवाला अल्ट्रा टल फोटो फिचरको परीक्षण गर्दैछ । आगामी एक दुई हप्ताको परीक्षण पश्चात् यो फिचर छिटै नै लञ्च गरिने बताइएको छ ।

आफ्नो साप्ताहिक Ask Me Anything स्तम्भमा इन्स्टाग्रामका सिइओ एडम मोसेरीले भनेका छन्- इन्स्टाग्राममा तपाइँसँग अब टल भिडियो (९ः१६ आस्पेक्ट रेसिया) हुन सक्दछन् तर अहिलेसम्म यस्तो ठूलो फोटो हेर्न सकिने फिचर उपलब्ध थिएन । त्यसैले हामीले ९ः१६ आस्पेक्ट रेसियोवाला अल्ट्रा टल फोटो फिचरमा पनि काम गरिरहेका छौं । योसँगै अब तपाईंले फूलस्क्रिनमा ठूलो आकारको फोटो तथा भिडियोको उत्कृष्ट सामग्री हेर्न सक्नुहुन्छ । आगामी एक दुई हप्तामा यसको परीक्षणमा काम गर्नेवाला छौं ।

स्मरण रहोस् हाल इन्स्टाग्राममा फोटो शेयर गर्नका लागि ४ः५ आस्पेक्ट रेसियो फिचर मात्र उपलब्ध छ । त्यसभन्दा ठूलो साइजको फोटो भयो भने इन्स्टाग्राम आफैंले फोटो क्रप गर्दछ ।

नयाँ फिचर पश्चात् तपाईंले फूलस्क्रिन साइजको फोटोलाई पनि इन्स्टाग्राममा शेयर गर्न सक्नुहुनेछ ।

स्मरण रहोस् हालै इन्स्टाग्रामले टिकटकका फिचरको नक्कल गरेको भनेर आलोचना भएको थियो । इन्स्टाथ्रामले नयाँ फिचरको रुपमा फूलस्क्रिन भिडियो फिड जारी गरेको थियो ।

इन्स्टाग्रामको उक्त परिवर्तका विषयमा काइली जेनर र किम कार्दशिन जस्ता प्रभावशाली सेलिब्रेटीहरुले समेत आलोचना गरेका थिए । त्यसपछि इन्स्टाग्रामले उक्त फिचरमा केही बदलाव आवश्यक रहेको भन्दै उक्त फिचर फिता लिएको थियो ।

एजेन्सी

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist