वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको छ । एक्यापले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्न सुरु गरेको हो ।

एक्यापका परियोजना प्रमुख रविन कडरियाले डाँफे, मुनाल, कालिज, कुखुरा जस्ता पक्षी र कस्तूरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँका अनुसार एक्याप क्षेत्र अन्र्तगतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ ।

एक्यापको इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलों, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्क लगायतका क्षेत्रमा पन्ध्रवटा क्यामेरा जडान गरिएको बताउनुभयो । “यी क्यामेराबाट अबैध चोरी सिकार कार्यको फोटो भिडिओ खिच्नेछ,” रेग्मीले भन्नुभयो, “यसले गर्दा वन्यजन्तुको चोरीसिकार जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न सजिलो हुन्छ ।”

एक्याप प्रमुख कडरियाका अनुसरा विभिन्न तीन ठाउँमा जासुसी प्रविधिको क्यामेरा पनि जडान गरिएको छ । कडरियाका अनुसार चीनबाट झिकाइएको यी क्यामेराले खिचेका फोटो भिडियो सिधै कार्यालयमा आइपुग्छन् । “एक्यापमा यो प्रविधिको क्यामेरा पहिलो पटक प्रयोग गर्दैछौं । र, अब यसको प्रभावकारिताको आधारमा छिट्टै १५ ठाउँमा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कडरियाले भन्नुभयो, “जासुसी क्यामेराले फोटो भिडियो सिधै पोखरा मुख्य कार्यालयमा पठाउनेछ र यसका आधारमा अनुसन्धान गर्न सजिलो हुनेछ ।”

यी जासुसी क्यामेरा सोलार पाताबाट चल्नेछन् । क्यामेराबाट खिचिएको फोटो भिडिओ प्रत्यक्ष प्रसारणका लागि यसमा सिमकार्ड प्रयोग गरिएको हुन्छ । सिमकार्डकै नेटवर्कमार्फत कार्यालयको कम्प्युटरमा प्रत्यक्ष प्रसारण हुनेछ । “यो एक प्रकारले सीसी क्यामेरा जस्तै हो जसलाई हामीले कार्यालयबाटै २४ सै घण्टा निगरानी गर्न सक्छौं,” एक्याप प्रमुख कडरियाले भन्नुभयो, “यसका लागि ती क्षेत्रमा इन्टरनेट नभए पनि मोबाइल नेटवर्क (फोरजी चल्ने) भए पुग्नेछ ।”

क्यामेराको अर्को महत्वपूर्ण पक्ष भनेको यसको सुरक्षा प्रणाली हो । यदि कसैले क्यामेरा हटाउन वा बिगार्न खोजेमा उक्त व्यक्तिको तस्विरसहितको जानकारी तुरुन्तै कार्यालयमा आइपुग्छ । यसले गर्दा थप कारबाही गर्न र क्यामेरा जोगाउन सकिने एक्यापको विश्वास छ । क्यामेराबाट प्राप्त हुने सम्पूर्ण डेटा कोषसँग सुरक्षित रहने र यसको पहुँच अन्यत्र नहुने कडरियाले बताउनुभयो ।

कोषले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्ने समेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist