वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको छ । एक्यापले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्न सुरु गरेको हो ।

एक्यापका परियोजना प्रमुख रविन कडरियाले डाँफे, मुनाल, कालिज, कुखुरा जस्ता पक्षी र कस्तूरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँका अनुसार एक्याप क्षेत्र अन्र्तगतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ ।

एक्यापको इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलों, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्क लगायतका क्षेत्रमा पन्ध्रवटा क्यामेरा जडान गरिएको बताउनुभयो । “यी क्यामेराबाट अबैध चोरी सिकार कार्यको फोटो भिडिओ खिच्नेछ,” रेग्मीले भन्नुभयो, “यसले गर्दा वन्यजन्तुको चोरीसिकार जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न सजिलो हुन्छ ।”

एक्याप प्रमुख कडरियाका अनुसरा विभिन्न तीन ठाउँमा जासुसी प्रविधिको क्यामेरा पनि जडान गरिएको छ । कडरियाका अनुसार चीनबाट झिकाइएको यी क्यामेराले खिचेका फोटो भिडियो सिधै कार्यालयमा आइपुग्छन् । “एक्यापमा यो प्रविधिको क्यामेरा पहिलो पटक प्रयोग गर्दैछौं । र, अब यसको प्रभावकारिताको आधारमा छिट्टै १५ ठाउँमा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कडरियाले भन्नुभयो, “जासुसी क्यामेराले फोटो भिडियो सिधै पोखरा मुख्य कार्यालयमा पठाउनेछ र यसका आधारमा अनुसन्धान गर्न सजिलो हुनेछ ।”

यी जासुसी क्यामेरा सोलार पाताबाट चल्नेछन् । क्यामेराबाट खिचिएको फोटो भिडिओ प्रत्यक्ष प्रसारणका लागि यसमा सिमकार्ड प्रयोग गरिएको हुन्छ । सिमकार्डकै नेटवर्कमार्फत कार्यालयको कम्प्युटरमा प्रत्यक्ष प्रसारण हुनेछ । “यो एक प्रकारले सीसी क्यामेरा जस्तै हो जसलाई हामीले कार्यालयबाटै २४ सै घण्टा निगरानी गर्न सक्छौं,” एक्याप प्रमुख कडरियाले भन्नुभयो, “यसका लागि ती क्षेत्रमा इन्टरनेट नभए पनि मोबाइल नेटवर्क (फोरजी चल्ने) भए पुग्नेछ ।”

क्यामेराको अर्को महत्वपूर्ण पक्ष भनेको यसको सुरक्षा प्रणाली हो । यदि कसैले क्यामेरा हटाउन वा बिगार्न खोजेमा उक्त व्यक्तिको तस्विरसहितको जानकारी तुरुन्तै कार्यालयमा आइपुग्छ । यसले गर्दा थप कारबाही गर्न र क्यामेरा जोगाउन सकिने एक्यापको विश्वास छ । क्यामेराबाट प्राप्त हुने सम्पूर्ण डेटा कोषसँग सुरक्षित रहने र यसको पहुँच अन्यत्र नहुने कडरियाले बताउनुभयो ।

कोषले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्ने समेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist