प्रसारण लाइन नबन्दा दोर्दीखोलाको विद्युत् उत्पादन भएन

बेंसीसहर : लमजुङमा निर्माण गरिएको दोर्दीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन। २७ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य सकिएपनि प्रसारण लाइन नबनेपछि उत्पादन सुरु हुन नसकेको हो। 

हिमालयन पावर पाटनर लिमिटेडले आयोजनाको सम्पूर्ण संरचना निर्माण गरेको छ। साथै आयोजनाको परीक्षणसमेत भइसकेको छ। आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाइन निर्माण नहुँदा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका प्रवर्द्धक गुरुप्रसाद ढकालले बताए। प्रसारण लाइन निर्माण सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत उत्पादन गरिने प्रवर्द्धक ढकालले बताए। 

२०७४ असारबाट व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजना निर्धारित समयभन्दा तीन वर्ष ढिलो निर्माण सम्पन्न भएको हो। भारतीय नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी र कोरोना भाइरसका कारण गरिएको लकडाउनको प्रभावका कारण आयोजना निर्माणको ढिलो सम्पन्न भएको हो। 

आयोजनाले २०६८ असार २३ मा अनुमति पाएको हो। नेपाल विद्युत् प्राधिकरणसँग सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दररेटमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। 

आयोजनाको दोर्दी गाउँपालिका-६, ढोडेनी र ८ बन्सारबीचको दोर्दी खोलामा बाँध निर्माण गरिएको छ। बेँसीसहर नगरपालिका-११, चितीको रामचोकबेँसीनजिकै मस्र्याङ्दी नदी-किनारमा विद्युतगृह निर्माणाधीन छ। उत्पादित विद्युत् उदीपुरस्थित निर्माणाधीन १ सय ३२ केभीको सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ।

आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघन्टा विद्युत् उत्पादन हुनेछ। प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघन्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ। आयोजनाले प्राधिकरणसँग चलनचल्तीको दरअनुसार हिउँद (सुक्खायाम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा पीपीए गरेको थियो। २०६९ असार १ गते पीपीए गरेर दुई वर्षपछि निर्माण सुरु भएको थियो। 

गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५.७ प्रतिशत, आइएमई गुप्रको ३४ दशमलव ३० प्रतिशत, स्थानीय र सर्वसाधारणको ३० प्रतिशत लगानी छ। ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ।

आयोजनाका लागि प्राइम कमर्सियल बैंकको अगुवाइमा ७ वटा बैंक र एउटा जलविद्युत् विकास तथा लगानी कम्पनीको बैंक तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवद्र्धकको ३५ प्रतिशत इक्विटी रहनेछ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist