मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

 

लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आयोजित सुरक्षा समितिको बैठकपछि उद्दार सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

उद्दार सामाग्रीमा डोरी, ज्याकेट, जुत्ता, पञ्जा, हेलमेट, हार्नेसलगायत १६ प्रकारका रहेका छन् । नेपाल प्रहरी, सशत्र प्रहरी बल र नेपाली सेनालाई उद्दार तथा सुरक्षाका सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डेले बर्खा लागेसँगै दैवीप्रकोपका घटना बढ्न सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

हिमाली क्षेत्रमा घट्ने घटनामा सुरक्षा निकायलाई सबल बनाउन आफूहरु लागि पर्ने उहाँले बताउनुभयो । “जलवायु परिवर्तनले मनाङजस्ता हिमाली जिल्लामा पछिल्लो समय बाढीपहिरोका घटना बढ्न थालेका छन । धेरै ठुला लेक तथा पहाड भएको ठाउँमा घटना हुँदा हाम्रो क्षमता र दक्षताको प्रदर्शन गर्नुपछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारका तर्फबाट उद्दारलाई चुस्त बनाउन प्रदेश सरकार लागिपर्नेछ । त्यससँगै संघीय गृहमन्त्री र सरकारसँग पनि छलफल गरिरहेको छु ।”

मुख्यमन्त्री पाण्डेले मनाङको शान्ति सुरक्षा र वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको थियो । यहाँका जनप्रतिनिधि, स्थानीयसँग भेटघाटपछि आयोजित जिल्ला सुरक्षा समितिको बैठकमा उहाँले नागरिकप्रती जिम्मेवार भएर सेवा प्रवाह गर्न र विपद्, राहत, उद्दारमा संवेदनशील हुन निर्देशन समेत दिनुभयो ।

मुख्यमन्त्री पाण्डेको उपस्थितिमा बसेको मनाङको सुरक्षा समितिको बैठकले उद्दारमा चनाखो रहने, आवश्यक सामग्री, जनशक्तिको जोहो गर्ने र समयमै उद्दार तथा समस्या समाधानमा लाग्ने निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो ।

 

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist