किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ ।

आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल हाम्रो समयको गणनामा मात्र असर पर्नेछैन जीपीएस, नेभिगेसन तथा सञ्चारसम्बन्धी विभिन्न प्रविधिहरूमा पनि समस्या आउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

पृथ्वीमा दिनको गणना उसले आफ्नो कक्षमा एक फन्को लगाउने समयका आधारमा गरिन्छ । तर पृथ्वीले आफ्नो कक्षमा घुम्ने गति दुई वर्ष अघिसम्म लगातार बढिरहेको थियो । पछिल्लो केही दशकदेखि हाम्रो दिनको लम्बाइ छोटो भैरहेको थियो । गत जुन २९ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि दर्ज भएको थियो । अर्थात् उक्त दिन पछिल्लो आधा शताब्दीको सबैभन्दा छोटो दिन थियो ।

तर, गत जुन २९ मा सबैभन्दा छोटो दिन रेकर्ड गरिएको भपनि सन् २०२० देखि नै पृथ्वीको कक्षमा घुम्ने गति अर्थात् परिक्रमणको गति सुस्त हुँदै गएको हो । यसका कारण दिन लामो हुँदै गएको थियो । यो किन भैरहेको छ वैज्ञानिकहरू पनि अनभिज्ञ छन् । यसको कारक तत्व पृथ्वीमा आउने भूकम्प वा ज्वालामूखी विस्फोटा हुनसक्ने अनुमान उनीहरूको छ ।

हाम्रो फोन वा घडीमा त पहिले जस्तै २४ घण्टाको एक दिन देखिइरहेको छ । तर पृथ्वीले यसअघि २४ घण्टामा आफ्नो कक्षमा फन्को लगाउनेमा अहिले केही थप समय लिइरहेको छ । आमरुपमा यो परिवर्तन करोडौं वर्षमा हुने गर्दछ, यति छिटो होइन ।

पछिल्ला केही करोड वर्षदेखि पृथ्वीको घुम्ने गति धीमा भैरहेको हो । यसको पछाडि चन्द्रमाबाट निस्कने ज्वारभाटाको घर्षण हो । हरेक शताब्दीमा पृथ्वीको दिनको समय २.३ मिलिसेकेण्डले बढिरहेको छ । केही करोड वर्ष पहिले पृथ्वीमा केवल १९ घण्टाको दिन हुन्थ्यो । तर, पछिल्लो २० हजार वर्षदेखि अर्को प्रक्रिया सुरु भयो, त्यो पनि विपरीत दिशामा । पृथ्वीको गति बढ्न थाल्यो । यो घटना हो अन्तिम हिमयुगको, जब ध्रुबीय हिउँ पग्लिंदा सतही चाप कम हुन थाल्यो । पृथ्वीको मध्य तह अर्थात म्यान्टल बिस्तारै ध्रुवतर्फ सर्दै गयो ।

यो ठीक त्यही प्रक्रिया हो जसरी कुनै बेली डान्सरले आफ्नो घुम्ने गति बढाउनका लागि आफ्नो हातलाई शरीरको नजिकै राख्दछ । यसो गर्दा नर्तक आफ्नो अक्ष अर्थात् खुट्टामा तीव्र गतिले घुम्न सक्दछ । जब पृथ्वीको मध्यपत्रका पदार्थहरू ध्रुवतर्फ सर्दछन् तब पृथ्वीको गति बढ्दछ । यसको कारण पृथ्वीको हरेक दिन ०.६ मिलिसेकेण्ड कम हुन्छ । पृथ्वीमा एक दिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छन् ।

पछिल्ला केही दशकदेखि पृथ्वीको आन्तरिक संरचना र सतहको बीचमा एक सम्बन्ध बनेको छ । ठूला भूकम्प आउँदा त्यसले पृथ्वीको दिनको लम्बाइ परिवर्तन गरिदिने गरेको पाइएको छ, भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ रेक्टर स्केलको भूकम्पले पृथ्वीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्डले बढाइदिएको थियो । भूकम्प जस्ता ठूलो घटनाका अतिरिक्त जलवायु परिवर्तन, मौसममा हुने परिवर्तन जस्ता स-साना घटनाक्रमले पनि पृथ्वीको दिनको समयमा परिवर्तन हुने गरेको छ । पृथ्वीको घुम्ने गतिलाई हर क्षेत्रले प्रभावित गर्ने गरेको छ ।

हरेक १५ दिन वा महिनामा आउने ज्वारभाटीय चक्र अर्थात् लहरको गति भारी मात्रामा ग्रहको चारैतर्फ घुम्दछ । यसका कारणले पनि पृथ्वीको दिनको समय कम वा धेरै हुनछ । समुद्रका लहरका कारण हुने परिवर्तन आमरुपमा १८.६ वर्षमा एक पटक हुन्छ । वर्तमानमा पृथ्वीको गतिमा सबैभन्दा धेरै असर वायुमण्डलको चलायमानताले पार्ने गरेको छ । यसका अलावा हिमपात, वर्षा, जमिनबाट पानी निकाल्ने जस्ता कार्ये पनि पृथ्वीको गतिमा असर पार्ने गरेका छन् ।

सन् १९६० देखि अहिलेसम्म पृथ्वीमा रहेका रेडियो टेलिस्कोपहरूले पृथ्वीका चारैतर्फ रहेका क्वासार तथा अन्य अन्तरिक्षीय वस्तुहरुको गणनाबाट पृथ्वीको घुम्ने गति पत्ता लगाउँदै आएका छन् । ती रेडियो टेलिस्कोप तथा आणविक घडीको तथ्यांकबाटै पछिल्ला केही वर्षदेखि पृथ्वीको दिनको समय केही कम भैरहेको देखिएको थियो । तर पृथ्वीको घुमाइमा यति परिवर्तन आउँदछ कि वैज्ञानिकहरूले कहिलेकाही धोका खान्छन् ।

सन् २०२२ को जुन २९ इतिहासकै छोटो दिन हुनुका बाबजुत सन् २०२० पछि नै पृथ्वीको परिक्रमणको समय बढिरहेको छ । यस्तो परिवर्तन पछिल्लो ५० वर्षमा देखिएका थिएन । अहिलेसम्म यो परिवर्तनको खास कारण पत्ता लागेको छैन । यो जलवायु परिवर्तनका कारण पनि हुनसक्छ वा ला निना जस्ता सामुदि्रक गतिविधिका कारण पनि हुनसक्दछ । पृथ्वीमा ध्रुवीय तथा अन्य क्षेत्रमा हिमगलन तीव्र बनिरहेको छ । टोंगा ज्वालामूखी विस्फोटले पनि वायुमण्डलमा ठूलो परिवर्तन आयो । यी सबै कारणले पृथ्वीको घुम्ने गतिलाई सुस्त बनाएको हुनसक्दछ ।

पृथ्वीको निश्चित घुम्ने गतिकै कारण विभिन्न प्रकारका आधुनिक उपकरणहरूले काम गर्दछन्, जस्तै जीपीएस, नेभिगेसन सिस्टम आदि । पृथ्वीको उक्त चक्रमा आउने परिवर्तनले यी प्रणालीमा समस्या आउनेछ । हरेक केही वर्षमा समयको गणना गर्नेहरूले लिप सेकेन्ड जोड्नुपर्नेछ ताकि पृथ्वीको घुम्ने गतिसँगै दिनको समयमा सामाञ्जस्य मिलाउन सकियोस् । यदि पृथ्वीमा दिन अझै लामो हुँदै गएमा हामीले नेगेटिभ लिप सेकेण्ड जोड्नुपर्ने हुन्छ । नेगेटिभ लिप सेकेन्डलाई आफ्नो हिसाबले जोड्ने कार्यलाई वैज्ञानिकहरू सही मान्दैनन् । यदि यसो गर्नुपरेमा पूरै दुनियाँको जिपिएस तथा नेभिगेसन सिस्टमले आफ्नो समय मिलान गर्नुपर्ने हुन्छ ।

एजेन्सी

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist