सुपर खुदी जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुदीखोलामा निर्माणाधिन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दारु आन्दोलित भएका छन् ।

करिब ६० प्रतिशत काम सकिदापनि आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मा अति प्रभावित ९ नम्बर वडालाई समावेश नगरी सञ्चालन गरेको र अहिले संस्थापक सेयर (प्रमोटर सेयर) मा समेत यस वडालाई समावेश नगरेको विषय प्रति स्थानीय आक्रोशित भएका हुन् । आयोजनाको सरोकार तथा सहयोगी समिति साथै छरछिमेक कार्यक्रममा समेत मुख्य प्रभावित यस वडाका प्रतिनिधिलाई समावेश नगराएकोमा स्थानीयको आपत्ति छ ।

आयोजनालाई ध्यानआकर्षण गराउन स्थानीयले रामबहादुर थापाको नेतृत्वमा समन्वय तथा संघर्ष समिति गठन गरेको छ । उस्तै प्रकृति र अवस्थितिका वडा नं. २ घनपोखरा र वडा नं. ३ खुदी प्रभावक्षेत्रमा समावेश गरिएको र वडा नं. ९ सिम्पानीलाई वेवास्ता गरिएको संघर्ष समितिका संयोजक राम बहादुर थापाले बताउनुभयो । “खोलामा बाढी आउँदा हाम्रै घरखेत बनाएको छ । सडक भत्काएको छ”, थापाले भन्नुभयो, “तल्लो तटिय क्षेत्रका हामीले क्षति र दुःख बेहोर्ने, लाभ भने दिन नमान्ने ? यो त अन्याय भयो भनेर आन्दोलित भयौं ।”

आफुहरुले यस विषयमा एकवर्ष देखि आवाज उठाए पनि सम्बन्धित पक्षबाट सुनुवाई नभएको वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो । “हाइड्रोलाई भनेपनि मान्दैन, पालिकाले पनि सहजिकरण गरिदिदैन । हामी त अन्यायमा प¥र्यौ”, वडाध्यक्ष थापाले भन्नुभयो, “सुनुवाई नभएपछि आन्दोलनसँगै उर्जा मन्त्रालयमा गुहार मागेका छौं ।”

थापाका अनुसार उर्जा मन्त्रालयको वातावरण विभागले विद्युत विकास विभागलाई स्थानीयको मागबारे ध्यानआकर्षण गराएको छ । गाउँपालिकाले समन्वय तथा सघर्ष समितिलाई साथ दिनुपर्नेमा त्यस्तो नभएको भन्दै समितिका अध्यक्ष थापाले दुःखेसो पोख्नुभयो । पूर्व वडाध्यक्ष नारायणबहादुर थापाले खुदीखोलाले सिम्पानीको तटिय क्षेत्र कटान गर्नेदेखि मठमन्दिर, अन्त्येष्टी गर्ने संरचनाहरुमा क्षति पुर्याएको तर त्यसको कुनै परवाह नगरिएको बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका पूर्व उपाध्यक्ष होमबहादुर विकले यस विषयमा सिम्पानीबासी माथि अन्याय भएको बताउनुभयो । सरोकारावालाहरुले उठाएको मागलाई गाउँपालिकाले सकरात्मक रुपमा समन्वय गरिदिनु पर्नेमा सहयोग नगरेको उहाँले बताउनुभयो ।

स्थानीयले माग पुरा नभए काममा अबरोध गर्ने चेतावनी दिएपछि आयोजना पक्ष संवादमा आएको छ । आयोजनाका साइड इन्चार्ज कृष्णदास श्रेष्ठले वार्ताबाट समाधान निकाल्न सकरात्मक रहेको र सञ्चालकहरुले केही दिनको समय मागेको बताउनुभयो ।

रन अफ दि रिभर प्रकृतिको यो आयोजनाबाट बार्षिक १२९ दशमलव १९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने निर्माण कम्पनी सुपर खुदी हाइड्रोपावरले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist