शिक्षक नेताले नियुक्तिपत्र बाढ्दा इकाई प्रमुख हेरेको हेर्यै

लमजुङ । लमजुङमा राजनीतिक दल निकटका शिक्षक नेताहरुले प्राथामिक तहका नवनियुक्त शिक्षकहरुलाई नियुक्तिपत्र वितरण गरेका छन् । शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने बहसलाई सो घटनाले चुनौति दिएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई लमजुङले शिक्षक नेताहरुलाई बोलाएर नवनियुक्त शिक्षकहरुलाई नियुक्तिपत्र वितरण गर्न लगाएको हो । लमजुङमा स्थायी नियुक्तिका लागि सिफारिस भएका ४९ जना प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुलाई स्थायी नियुक्तिपत्र वितरण गरिएको हो ।

नवनियुक्त शिक्षकहरुलाई नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका गण्डकी प्रदेश महासचिव शिवराज अधिकारी, नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष हस्तबहादुर गुरुङ र नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष झपेन्द्र न्यौपानेले पनि नियुक्ति पत्र वितरण गर्नुभएको थियो ।

यसअघि नवनियुक्त शिक्षकलाई जिल्ला शिक्षा समितिका सभापति वा प्रमुख जिल्ला अधिकारी वा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख स्वयम्ले नियुक्तिपत्र वितरण गर्ने चलन थियो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माले पेशागत संघसंगठनलाई परिचयात्मक कार्यक्रमका लागि मात्रै बोलाइएको जिकिर गर्नुभयो ।

‘शिक्षकको नियुक्ति गर्ने दिनमा परिचय कार्यक्रम पनि राख्छौं । जिल्ला समन्वय प्रमुख र पेशागत संगठनका अधयक्षहरुलाई बोलाउने चलन रहेछ । बोल्ने होइन, परिचय दिनमात्र बोलाएको हो । चलिरहेको परम्परालाई तोड्न भएन त भएन नि’ उहाँले भन्नुभयो ।

सो कार्यक्रममा शिक्षा समितिका सभापति एवं समन्वय प्रमुख पूर्णबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ व्यस्त रहेको बताउँदै कार्यक्रममा उपस्थित रहनुभएको थिएन् । अघिल्लो पटक निमावि तहका शिक्षकहरुलाई भने समन्वय प्रमुखले नियुक्तिपत्र वितरण गर्नुभएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist