प्रदेश अस्पताल बेसीसहरमा टेलीमेडिसिन सेवा : दुर्गमका बिरामी लाभान्वित

लमजुङ । दुधपोखरी गाउँपालिका–१ का ७१ बर्षिय कुलबहादुर गुरुङको खुट्टा काटेको एकसाता पछि मात्र उपचारका लागि स्वस्थ्य चौकी जानुभयो । स्वास्थ्य चौकी पुग्दा उहाँको घाउ विग्रिएको मात्र थिएन सुन्निएर जटिल बनिसकेको थियो । तत्कालै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रदेश अस्पताल बेसीसहरका विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्नुभयो र घाउ देखाउनुभयो । प्राथमिक उपचारपछि फलोअपका लागि बेसीसहर पठाइयो ।

दुधपोखरी–१ दुधपोखरीकै ७४ वर्षका रेशमलाल गुरुङ पनि स्वास्थ्य चौकी पुग्दा उच्च रक्तश्राव बढी भएको देखियो । उहाँलाई पनि तत्कालै विशेषज्ञसँग परामर्श गराइयो र थप उपचारका लागि अन्यन्त्र पठाइयो । उहाँहरु त प्रतिनिधि पात्र मात्र हो, प्रदेश अस्पताल बेसीसहरले टेलीमेडिसिन सेवा सुरु गरेपछि दुर्गम दुधपोखरी गाउँपालिकाका बिरामीहरुले गाउँबाटै विशेषज्ञ सेवा पाइरहेका छन् ।

दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलीमेडिसिन सेवा सञ्चालनमा ल्याइएको प्रदेश अस्पताल बेसीसहरले जानकारी दिएको छ । दैनिक रुपमा विशेषज्ञ चिकित्सकको ब्यवस्था गरि दुधपोखरीका नागरिकहरुलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । “टेलीमेडिसिन सेवाका लागि सबैजना मेडिकल अफिसरलाई पालैपालो ब्यवस्था मिलाएका छौंं”, उहाँले भन्नुभयो, “छिट्टै विहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञसहितको सेवा दिने तयारी गरेका छौं ।”

अस्पतालका टेलीमेडिसिन सेवा विभागका इन्चार्ज गौतम पण्डितका अनुसार सेवा सुरु भएको हालसम्म ८० जना बढी विरामीले सेवा लिएका छन् । दुधपोखरीका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य इकाई तथा प्राथमिक स्वास्थ्य केन्द्र गरि ७ वटा स्वास्थ्य संस्थाबाट बिरामीहरुले टेलीमेडिसिन सेवा लिइरहेको पण्डितले बताउनुभयो ।

‘टेलीमेडिसिन सेवा’ ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि दुर्गम गाउँहरुबाट सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको प्रदेश अस्पताल बेसीसहर ब्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले बताउनुभयो । “प्रदेशमै पहिलोपटक हामीले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका हौं”, तामाङले भन्नुभयो, “छिट्टै यो सेवालाई अन्य पालिकाका दर्गम गाउँहरुमा पनि विस्तार गछौं ।”

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist