लमजुङ । पूर्व राजावादीहरुको आन्दोलनको रिपोटिङ गरिरहेका पत्रकारको हत्या तथा आक्रमणको विरोध स्वरुप लमजुङका पत्रकारहरुले कालोपट्टी बाँधेर कामकाज गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित कार्यक्रम अनुरुप आइतबार विहानैदेखि कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीहले हातमा कालोपट्टी बाँधेर कामकाज गरेका हुन् ।
पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले जिल्लाका सबै पत्रकारहरुलाई आइतबार दिनभर कालोपट्टी बाँधेर कामकाज गर्न आब्हान गरिएको बताउनुभयो । उहाँका अनुसार विहानै एफएम रेडियोमा समाचार तथा कार्यक्रम सञ्चालन गर्न पुगेका सञ्चारकर्मीहरुले कालोपट्टी बाँधेर कामकाज गरेका छन् ।
सोमबार प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत पत्रकार हत्या तथा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै ध्यानआकर्षण पत्र बुझाने कार्यक्रम रहेको पत्ररकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिनुभयो ।
शुक्रबार काठमाडौंमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, अनलाइन खबरका पत्रकारमाथी आक्रमण र कान्तिपुर टिभी, अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड गरिएको थियो । सो घटनाको विरोधमा विभिन्न प्लेकार्डसहित शनिबार बेसीसहर बजारमा विरोध प्रदर्शन समेत गरिएको थियो ।
पत्रकार र सञ्चारमाध्यममाथी भएको आक्रमणको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















