पत्रकार हत्या विरोधमा कालोपट्टी बाँधेर कामकाज

लमजुङ । पूर्व राजावादीहरुको आन्दोलनको रिपोटिङ गरिरहेका पत्रकारको हत्या तथा आक्रमणको विरोध स्वरुप लमजुङका पत्रकारहरुले कालोपट्टी बाँधेर कामकाज गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित कार्यक्रम अनुरुप आइतबार विहानैदेखि कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीहले हातमा कालोपट्टी बाँधेर कामकाज गरेका हुन् ।

पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले जिल्लाका सबै पत्रकारहरुलाई आइतबार दिनभर कालोपट्टी बाँधेर कामकाज गर्न आब्हान गरिएको बताउनुभयो । उहाँका अनुसार विहानै एफएम रेडियोमा समाचार तथा कार्यक्रम सञ्चालन गर्न पुगेका सञ्चारकर्मीहरुले कालोपट्टी बाँधेर कामकाज गरेका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत पत्रकार हत्या तथा आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै ध्यानआकर्षण पत्र बुझाने कार्यक्रम रहेको पत्ररकार महासंघ लमजुङका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिनुभयो ।

शुक्रबार काठमाडौंमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, अनलाइन खबरका पत्रकारमाथी आक्रमण र कान्तिपुर टिभी, अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड गरिएको थियो । सो घटनाको विरोधमा विभिन्न प्लेकार्डसहित शनिबार बेसीसहर बजारमा विरोध प्रदर्शन समेत गरिएको थियो ।

पत्रकार र सञ्चारमाध्यममाथी भएको आक्रमणको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist