स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप

लमजुङ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् ।

घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ११ टिम र भारतको एक टिमले भाग लिनेछन् । प्रतियोगितामा लमजुङका ४ र बाँकी ७ टिम जिल्लाबाहिरको हुने आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँले जानकारी दिएको छ ।

प्रतियोगितामा घरेलु टिम त्रिवेणी युवा क्लब बेंसीसहर, बेंसीसहर युथ सोसाइटी, नाल्मा ११, बेंसीसहर नगरपालिका–५ र बीवाईसी भोटेओडार छन् । भुईंखेल फुटबल क्लब काठमाडौं, अभिषेक चर्च, फ्रेन्डसिप युथ क्लब तनहुँ, गुन्नी फुटबल क्लब पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रड्स रामपुर चितवन र मनाङ जिल्ला टिम छन् । प्रतियोगितामा दार्जिलिङको एमएससी क्लब बालियाले पनि भाग लिने आयोजक समितिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिनुभयो ।

विजेताले ६ लाख ५ सय ५५ रुपैयाँ पुरस्कारसहित गोल्डकप जित्नेछ भने उपविजेताले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १०–१० हजार प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता गर्न ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले २१ सय मीटरको उचाईमा यति ठूलो राशिको पुरस्कार राखेर आयोजना गरिएको सम्भवतः यो पहिलो रहेको बताउनुभयो । संविधानसभा सदस्य जमीन्द्रमान घलेले पर्यटकिय गाउँमा आयोजना हुने फुटबल प्रतियोगिताले पर्यटन विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका सचिव उमलबहादुर विकले फुटबलसँगै चर्चित कलाकारको सांगीतिक कार्यक्रम, एक घर एक धारा उद्घाटन, विमा कार्यक्रम शुभारम्भ जस्ता कार्यक्रम राखिएको बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist