भिरमौरी सिकारीलाई सुरक्षा सामाग्री

लमजुङ । कहाली लाग्दा र हेर्दै टोपी खस्ने छङ्गाछुर बढेमाका भीरको कापाहरुमा चोयाको डोरीमा झुण्डिएर गर्नुपर्छ भीरमौरीको सिकार । परापूर्व कालदेखि स्थानीयले यस्तै जोखिम मोलेर महशिकार गरिरहेका छन् ।

लमजुङका विभिन्न ठाउँका भीरपहरामा हुने भीरमहको शिकार सुरक्षित बनाउन शिकारीहरुलाई सुरक्षा सामाग्रीको बन्दोबस्त गरिएको छ । मौरी विकास केन्द्र गोदावरी ललितपुरले भिरमौरीको मह सिकार गर्नेलाई सचेतनासहितको तालिम र सुरक्षा सामाग्री वितरण गरेको हो ।

मस्र्याङ्दी गाउँपालिका–२ को घनपोखरा र वडा नं. ६ को नाईचे गाउँका शिकारीहरुलाई एक÷एक बण्डल आधुनिक डोरीसहितका सामाग्री प्रदान गरिएको हो । अझैपनि गाउँघरमा बाँस तथा निगालोको चोयाको डोरी प्रयोग हुने गरेको र त्यो डोरी लामो समय नटिक्ने भएकोले बषौंसम्म खप्ने आधुनिक डोरी सहयोग गरिएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका प्रमुख तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।

सोही अबसरमा हिमालयन क्लिफ हनि संस्थाले मह सिकार गर्ने १३ वटा गाउँलाई सुरक्षा सामाग्री सहयोग गरेको छ । मह शिकार गर्दा लगाउने टोपी, ज्याकेट पञ्जा र जुत्तालगायतका सामाग्री सहयोग गरिएको हिमालयन क्लिफ हनि संस्थाका संञ्चालक सुनिल कंडेल बताउनुभयो । करिब ६० हजार बराबरको सामाग्री सहयोग गरेको उहाँले जानकारी गराउनुभयो ।

लमजुङको घनपोखरा, उपल्लो चिप्ला, नाईचे, सिमी, लुदी, टाँप गाउँ, सिउरुङ, भुजुङ, नयाँगाउँ, ताघ्रिङ, तल्लो चिप्ला, तल्लो घनपोखरा र ताँजे गाउँका मह सिकारी टोलीलाई सुरक्षा सामाग्री सहयोग गरिएको सो संस्थाले जनाएको छ ।

सुरक्षा सामाग्री सहयोग गर्नुअघि भिरमौरीको अबस्था, भिरमौरीको महसिकार गर्दा अपनाउनु पर्ने सावधानी, सचेतना र तयारीको बारेमा प्रशिक्षण दिइएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका मौरी विज्ञ एवं प्रधानाध्यपक रेशमबहादुर थापाले जानकारी दिनुभयो ।

विश्वमा नै विरलै हुने यस प्रकारको महशिकार लमजुङका घनपोखरा, सिउरुङ, ताघ्रिङ, भुजुङ, दूधपोखरी, बन्सार, ढोडेनी लगायतका स्थानमा बर्षैसाल गरिन्छ । ‘हनीहन्टिङ’ अथार्त महशिकार पर्यटक आकर्षणको माध्यमका साथै आम्दानी पनि हुँदै गएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist