नेपाली सेनाले जिर्णोदार गर्दै ऐतिहासिक पुरानकोट गढी

लमजुङ । संरक्षणको पर्खाइमा जिर्ण अबस्थामा रहेको लमजुङको ऐतिहासिक पुरानकोट गढीको नेपाली सेनाले मर्मत सुरु गरेको छ । लमजुङको उदिपुरमा हरेको चण्डीप्रसाद गणले बेसीशहर नगरपालिका–४ मा रहेको ऐतिहासिक पुरानकोट गढीको मर्मत सुरु गरेको हो ।

सेनाले पुरातत्व विभागबाट गरिएको डिजाइन स्टमेट र सेनाको पश्चिम पृतना पोखराबाट प्राप्त श्रमदान बाहेकको आर्थिक स्टिमेटको आधारमा जिर्ण गढीको मर्मत सुरु गरेको हो । गढी मर्मतका लागि नेपाली सेनाका १३ सदस्यीय टोली खटिएको चण्डिप्रसाद गणका गणपती प्रमुख सेनानी चित्रकुमार कार्कीले जानकारी दिनुभयो । गत माघ २८ गतेदेखि सेनाको टोलीले गढी मर्मत गरिरहेको प्रमुख सेनानी कार्कीले बताउनुभयो ।

गणका सेनानी राजेन्द्र अर्यालकाअनुसार अहिले गढीको पुरानो पर्खालका ढुङ्गाहरु जगबाटै निकाल्ने र कुँदेका ढुङ्गाबाट पर्खालसहितका संरचना निर्माणका काम भैरहेको छ । जिल्लामा रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका दरबार, गढी, किल्ला र पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धनका लागि मर्मत कार्यलाई निरन्तरता दिईने सेनाले जनाएको छ । जिल्लामा रहेका दरबार, गढी, किल्लाहरुको ऐतिहासिक दस्तावेज संकलन, अभिलेखिकरण, संरक्षण र संवद्र्धनको लागि मासिक रुपमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सेनाले जनाएको छ ।

ऐतिहासिक गढी जिर्ण भएपनि केहि वर्षअघि बेसीशहर नगरपालिकाले सो स्थानलाई ऐतिहासिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न स्तुपा सहितको भ्यु टावर निर्माण गरेको थियो । नगरपालिकाले स्तुपा सहितको भ्यु टावर निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्न थालेको स्थानीयले बताएका छन् ।

तत्कालिन शाह बंशिय राजाहरुले शासन गरेको लमजुङको गाउँशहर दरबार नजिकै रहेको पुरानकोट गढी आँफैमा ऐतिहासिक पर्यटकिय गन्तव्य हो । पुरानकोट गढीको तत्कालिन लमजुङे राजाहरुको अस्थायी दरवार थियो । नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगमन बढ्दो छ ।

स्थानीय काउलेपानी होमस्टेका सञ्चालक एवं शिक्षक देवबहादुर गुरुङकाअनुसार स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist