खेत जोत्न किसानलाई पावर टिलर

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि पावर टिलर वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा किसानलाई पावर टिलर वितरण गरिएको हो ।

गाउँपालिकाका नौ वटै वडाका ६५ जना किसानलाई पावर टिलर वितरण गरिएको कृषि शाखा खुदीका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले पावर टिलरका लागि बोलपत्र आब्हान गरेपछि कास्की पस्र्याङको भानु इन्टरप्राइजेजले ठेक्का पाएको थियो । २४ लाख ६४ हजारमा ठेक्का पाएको भानु इन्टरप्राइजेजले सस्तो मूल्यमा पावर टिलर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

कृषिमा आधुनिकरण गर्नका लागि खेत जोत्न पावर टिलर वितरण गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । “किसानको माग बमोजिम पावर टिलर वितरण गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “अर्को वर्षहरुमा कृषि सम्बन्धी अन्य सामाग्रीहरु पनि वितरण गर्दै जान्छौँ ।”

किसानको माग बमोजिम डिजल र पेट्रोलबाट चल्ने पाँच, छ र सात हर्सपावरका मिनि टिलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्नुन चपाइँले जानकारी दिनुभयो । बर्खामा जोत्नका लागि हिलेचक्का पनि पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने उहाँले बताउनुभयो । “गोरु पाल्न छोडेपछि खेती लगाउनै समस्या भएको थियो”, मस्र्याङ्दी–९ गैरीगाउँका किसान मायानाथ घिमिरेले भन्नुभयो, “पावर टिलर पाएपछि हिउँद बर्खा, जुन बेलापनि जोत्न पाइने भयो ।” प्रविधिको प्रयोगले लागत घटाउने उहाँले बताउनुभयो ।

पावर टिलरले खेत जोत्ने, माटो सम्याउने, ड्याङ बनाउने, गोड्ने सबै काम गर्न सकिने कृषि प्राविधिकहरुले बताएका छन् । पहाडी जिल्ला लमजुङमा पछिल्लो समय खेत खनजोत गर्न पावर टिलरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित हुँदै गएका हुन । “आजभोली त गोरु र खेतला पाउनै गाह्रो छ । पावर टिलर भएपछि खनजोतमा सजिलो हुनेभयो”, मस्र्याङ्दी–३ तरापुका किसान रवि थापाले भन्नुभयोे, “पवर टिलर भएपछि समय, श्रमिक र खर्च सबै कम लाग्नेभयो ।”

गोरुले भन्दा ट्याक्टरमा धेरै सस्तो हुने किसानहरु बताउँछन् । ट्रयाक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुँदा रोपाइँ गर्न सजिलो उनीहरुको भनाई छ । “गोरुभन्दा धेरै सजिलो र किफायती हुनेरहेछ,” मस्र्याङ्दी कृषि सञ्जालका अध्यक्ष भिष्मकान्त कुइँकेलले भन्नुभयो, “गोरुलाई जसरी घाँस हाल्नु परेन, तेल हालेपछि पुग्यो ।”

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist