लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एउटा क्याम्पसमा विजय बनेको छ ।

सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पस, भक्तिआदर्श, मातृभूमी र मध्यनेपालको सोतिपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानल निर्वाचित भएको छ । सदरमुकाम बेसीसहरस्थित मम्र्याङ्दी बहुमुखी क्यापसमा भने अनेरास्ववियुको प्यानल विजयी बन्यो ।

सबैभन्दा बढी राजनीतिक गतिविधि र विद्यार्थी संगठनहरुविच पेचिलो संघर्ष भैरहने लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवारलाई हराउँदै नेविसंघले प्यानलै जित निकालेको हो । नेविसंघबाट सभापतिमा असिम वस्ती, सचिवमा विवेक सिंह र कोषाध्यक्षमा हेमनारायण रसाइली विजयी हुनुभयो । सदस्यहरुमा आर्ची पाठक, अफजल अन्सारी, विविका थापा मगर, आयुशका गौतम र अवसर अधिकारी विजयी हुनुभयो ।

सुन्दरबजार नगरपालिका ९, भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सभापतिमा सुशिल अधिकारी, सचिवमा अर्पणा अधिकारी र कोषाध्यक्षमा निशु गुरुङ निर्वाचित हुनुभयो । सदस्यहरुमा नेविसंघका सुजाता कार्की, अनिशा ढुंगाना र मन्दिरा घिमिरे निर्वाचित हुनुभयो ।

सुन्दरबजार नगरपालिका ७, सुन्दरबजारमा रहेको मातृभूमि क्याम्पस सभापतिमा विशाल थापा, सचिवमा सरला अधिकारी, कोषाध्यक्षमा अञ्जली विक निर्वाचित हुनुभयो । सदस्यमा अस्मिता पौडेल, प्रियङ्का क्षेत्री र रक्षा पोखरेल निर्वाचित हुनुभयो ।

मध्यनेपाल नगरपालिका ३, सोतीपसलस्थित मंगला क्याम्पसमा अन्य विद्यार्थी संघ संगठनको उमेदवारी दर्ता नभएपछि नेविसंघबाट सभापतिमा रामचन्द्र खनाल, सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा राधा सिंजाली निर्वाचित हुनुभयो । सदस्यहरुमा दिपक ओझा, कृष्णमुरारी कगाले, मनिता भुजेल, मनिषा नेपाली, शुष्मा अधिकारी, सुकमित गुरुङ, अनिल मिश्र र विनोद न्यौपाने रहनुभएको छ ।

सबैभन्दा धेरै विद्यार्थी रहेको सदरमुकाम बेंसीसहरमा रहेको मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको जीत भएको छ । नेविसंघका पूर्णबहादुर गुरुङलाई ३ मतले हराउँदै अनेरास्ववियुका मदनकुमार विक स्ववियु सभापतिमा निर्वाचित हुनुभयो ।

सचिवमा अनेरास्ववियुका गणेश अधिकारी, कोषाध्यक्षमा अनेरास्ववियुकी मुना गुरुङ, निर्वाचित हुनुभयो । सदस्यमा अनेरास्ववियुका विशेष गुरुङ, ममता घिमिरे, सुदर्शन पौडेल र हेमकुमारी विक विजयी हनुभयो । सदस्यमा नेविसंघकी वर्षा रिमाल र ३ जनाको बराबरी मत प्राप्त भएकोमा गोलाप्रथाबाट अनेरास्ववियुकी रुक्मणी वर्देवा विजयी हुनुभयो ।

मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले रम्घास्थित पुष्पलता जनएकता क्याम्पस र वडा नं. ६, भार्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया नै अघि नबढेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist