लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एउटा क्याम्पसमा विजय बनेको छ ।

सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पस, भक्तिआदर्श, मातृभूमी र मध्यनेपालको सोतिपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानल निर्वाचित भएको छ । सदरमुकाम बेसीसहरस्थित मम्र्याङ्दी बहुमुखी क्यापसमा भने अनेरास्ववियुको प्यानल विजयी बन्यो ।

सबैभन्दा बढी राजनीतिक गतिविधि र विद्यार्थी संगठनहरुविच पेचिलो संघर्ष भैरहने लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवारलाई हराउँदै नेविसंघले प्यानलै जित निकालेको हो । नेविसंघबाट सभापतिमा असिम वस्ती, सचिवमा विवेक सिंह र कोषाध्यक्षमा हेमनारायण रसाइली विजयी हुनुभयो । सदस्यहरुमा आर्ची पाठक, अफजल अन्सारी, विविका थापा मगर, आयुशका गौतम र अवसर अधिकारी विजयी हुनुभयो ।

सुन्दरबजार नगरपालिका ९, भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सभापतिमा सुशिल अधिकारी, सचिवमा अर्पणा अधिकारी र कोषाध्यक्षमा निशु गुरुङ निर्वाचित हुनुभयो । सदस्यहरुमा नेविसंघका सुजाता कार्की, अनिशा ढुंगाना र मन्दिरा घिमिरे निर्वाचित हुनुभयो ।

सुन्दरबजार नगरपालिका ७, सुन्दरबजारमा रहेको मातृभूमि क्याम्पस सभापतिमा विशाल थापा, सचिवमा सरला अधिकारी, कोषाध्यक्षमा अञ्जली विक निर्वाचित हुनुभयो । सदस्यमा अस्मिता पौडेल, प्रियङ्का क्षेत्री र रक्षा पोखरेल निर्वाचित हुनुभयो ।

मध्यनेपाल नगरपालिका ३, सोतीपसलस्थित मंगला क्याम्पसमा अन्य विद्यार्थी संघ संगठनको उमेदवारी दर्ता नभएपछि नेविसंघबाट सभापतिमा रामचन्द्र खनाल, सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा राधा सिंजाली निर्वाचित हुनुभयो । सदस्यहरुमा दिपक ओझा, कृष्णमुरारी कगाले, मनिता भुजेल, मनिषा नेपाली, शुष्मा अधिकारी, सुकमित गुरुङ, अनिल मिश्र र विनोद न्यौपाने रहनुभएको छ ।

सबैभन्दा धेरै विद्यार्थी रहेको सदरमुकाम बेंसीसहरमा रहेको मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको जीत भएको छ । नेविसंघका पूर्णबहादुर गुरुङलाई ३ मतले हराउँदै अनेरास्ववियुका मदनकुमार विक स्ववियु सभापतिमा निर्वाचित हुनुभयो ।

सचिवमा अनेरास्ववियुका गणेश अधिकारी, कोषाध्यक्षमा अनेरास्ववियुकी मुना गुरुङ, निर्वाचित हुनुभयो । सदस्यमा अनेरास्ववियुका विशेष गुरुङ, ममता घिमिरे, सुदर्शन पौडेल र हेमकुमारी विक विजयी हनुभयो । सदस्यमा नेविसंघकी वर्षा रिमाल र ३ जनाको बराबरी मत प्राप्त भएकोमा गोलाप्रथाबाट अनेरास्ववियुकी रुक्मणी वर्देवा विजयी हुनुभयो ।

मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले रम्घास्थित पुष्पलता जनएकता क्याम्पस र वडा नं. ६, भार्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया नै अघि नबढेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist