विद्यालयमा सहयोग गर्छु भन्दै ठगी : गाउँलेले समातेर बुझाए प्रहरीलाई

लमजुङ । विद्यालयमा शैक्षिक सामाग्री र तालिम दिन्छु भनि रकम ठगी गर्दै हिड्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

हरिपुर नगरपालिका–२ सर्लाही घर बताउने वर्ष २७ का वीरेन्द्र कुमारलाई लमजुङको दुधपोखरी गाउँपालिका–५ कोल्की र गोरखाको सिरानचोक गाउँपालिका–१ सिरानचोकका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । कुमारले केही दिनदेखि लमजुङको दुधपोखरी गाउँपालिका र सिमाना जोडिएको गोरखाको सिरानचोक गाउँपालिकाका विभिन्न गाउँमा ठगी गर्दै हिडेको स्थानीयले बताएका छन् ।

आइतबार दिउसो दुवै गाउँका स्थानीय जुटेर नेपाने जंगलमा भाग्दै गर्दा कुमारलाई समातिएको स्थानीय केवि गुरुङले जानकारी दिनुभयो । स्थानीयले उनलाई समातेर सिरानचोकस्थित धारापानी प्रहरी विटमा बुझाएका थिए । धारापानी प्रहरीले लमजुङको विचौरस्थित प्रहरी चौकीलाई बुझाएको छ ।

नियन्त्रणमा लिइएका कुमारलाई सोमबार विहान जिल्ला प्रहरी कार्यालय बेसीसहर ल्याइएको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक चुनु गुरुङले जानकारी दिनुभयो । उनीबारे थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

कुमारको साथबाट प्रहरीले पाँचवटा मोवाइल र लु.९३ प ७८११ नम्बरको मोटरसाइकल सहित केही सामाग्री बरामद गरेको छ । उनले दुधपोखरी–५ कोल्कीस्थित बुद्ध प्राथामिक विद्यालयमा तीन वर्षसम्म शैक्षिक सामाग्री दिने, बालशिक्षा र कार्यालय सहयोगीलाई तालिम प्रदान गर्ने जस्ता प्रलोभन देखाएर रकम ठगी गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक शम्भुलाल तामाङले कुमारले बेसीसहर–७ मा कार्यालय रहेको भनि एजुकेशन लर्निङ डेभलपमेन्ट फाउन्डेसन नेपाल नामक संस्थाको नाममा रसिद काटेर रकम ठगेको बताउनुभयो । “तालिम र शैक्षिक सामाग्री सहयोग गर्छु भनेर ५४ सय लिएर गयो । तर, ठग पो रहेछ । अन्तपनि त्यस्तै गरेको सुनेपछि सबै मिलेर समात्यौं”, उहाँले भन्नुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist