प्रदेश अस्पताल बेसीसहरमा सर्जिकल कक्ष र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु पत्ता लगाउन रेडियोलोजीको प्रयोग गरिन्छ ।

आइतबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडियोलोजी सेवाको साथै सर्जिकल कक्षको उद्घाटन गर्नुभयो । यो सेवा विस्तारसँगै अस्पतालले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । अस्पतालको क्षमताबृद्धिका लागि भवन निर्माण, जनशक्ति र मेसिनरी सामाग्रीको परिपूर्ति गर्न आफुँ लागिपरेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशका प्रादेशिक अस्पतालहरुमा गुणस्तरिय सेवा प्रदान गर्न मन्त्रालयले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको बताउनुभयो ।

प्रदेश अस्पताल बेसीसरहको ब्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले भित्री अंगहरुमा हुने रोग पहिचानका लागि सिटीस्क्यान तथा एमआरआईको महत्व रहेकाले रेडियोलोजी सेवाले सेवाग्राहीहरुलाई थप सन्तुष्टी दिने बताउनुभयो ।

हाल इन्टरभेन्सन रेडियोलोजीको माध्यमबाट केही रोगहरुको पहिचान मात्र नभई उपचार समेत हुने गरेको चिकित्कहरु बताउनुहुन्छ । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासन प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार अस्पतालले एक महिनादेखि रेडियोलोजी सेवाको परिक्षण गरेको थियो । एक महिनाको परिक्षणकाल सफल भएपछि मन्त्रीबाट उद्घाटन गरिएको उहाँले बताउनुभयो । अस्पतालमा सर्जिकल कक्ष पनि निर्माण गरिएको छ । यसअघि शल्यक्रिया गरेका विरामी राख्नका लागि छुट्टै कक्षको ब्यवस्था नभएकाले समस्या भएको अस्पतालले जनाएको छ । अबका दिनमा छुट्टै कक्ष भएपछि विरामीको हेरचाह र उपचारमा सहजता हुने अस्पताल ब्यवस्थापन समितिका सदस्य बासुदेव थापाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले अस्पतालको सेवा विस्तारले नागरिकहरुमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist