अनेमसंघको पालिकास्तरीय हाजिरीजवाफ : क्व्होलासोथार प्रथम

लमजुङ । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ लमजुङले आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा अखिल नेपाल महिला संघ क्व्होलासोथार गाउँपालिका कमिटी प्रथम भएको छ ।

संघले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार मदन आश्रित स्मृति भवन बेंसीशहरमा आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा १४ अंकसहित क्व्होलासोथार गाउँपालिका कमिटी प्रथम भएको हो । प्रतियोगिता प्रश्नोत्तर र गाउँ खाने कथासहित २ चरणमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा ९ अंकसहित दोर्दी गाउँपालिका कमिटी द्धितीय भएको छ । बेंसीशहर नगरपालिका कमिटी ८ अंकसहित तृतीय बनेको छ । सुन्दबजार नगरपालिका कमिटी र मस्र्याङ्दी गाउँपालिका कमिटी सान्त्वना भएका अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पवित्र थापा रानाले जानकारी दिनभयो ।

प्रतियोगितामा प्रथम हुने क्व्होलासोथारलाई ५ हजार रुपैयाँ, द्धितीय हुने दोर्दीलाई ३ हजार रुपैयाँ, तृतीय हुने बेंसीशहर नगरपालिका कमिटीलाई २ हजार र सान्त्वना सुन्दरबजार र मस्र्याङ्दीलाई १–१ हजार रुपैयाँप्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य लक्ष्मीदेवी अधिकारीले महिलामा सचेतनासंगै सक्रियताको खाँचो रहेको औंल्याउनुभयो । सामाजिक गतिविधिमा सक्रिय र अग्रसर हुने महिलाले क्षमता र शिक्षा आर्जन गर्न सक्ने भएकाले यसबाट समाजमा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटी सहसचिव पदमा गुरुङ, नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष राजकुमार विष्ट, उपाध्यक्ष जितबहादुर गुरुङ, जनसंगठन संयन्त्र प्रमुख जुनबहादुर तामाङ, क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, आशा तामाङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष बुनाकुमारी रिमालले स्वागत मन्तव्य राख्नुभयो भने सञ्चालन सचिव विमला पौडेलले गर्नुभयो । हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन सदस्य रेणुका ठकुरीले गर्नुएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist