मध्यपहाडी लोकमार्ग : विवाद नमिल्दा निर्माण अबरुद्ध

लमजुङ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिदा सडक निर्माण सुरु हुन सकेको छैन् ।

सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिदा सडक निर्माणको काम हुन नसकेको हो । सात वर्षदेखि स्थानीयले संघर्ष समिति बनाएर सडक निर्माणमा अबरोध गरिरहेका छन् ।

स्थानीयको अवरोधले सुन्दरबजार–७ क्याम्पस गेटदेखी खत्रीठाँटीसम्म दुई किलोमिटर र मध्यनेपाल–६ भोर्लेटार रानीपानी चोकदेखी मिदिमखोला पुलसम्म १७०० मिटर सडक निर्माण हुन सकेको छैन । लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१÷३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

सडक विस्तार गर्दा आफ्नो घर–जग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयको छ । सुन्दरबजार–८ का रामप्रसाद पण्डितले स्थानीयलाई उचित क्षतिपूर्तिसहितको प्रक्रिया अपनाए अबरोध नहुने बताउनुभयो ।

सुन्दरबजारका श्रीचन्द्र लामिछानेको संयोजकत्वमा गठित संघर्ष समितिले सडक निर्माणको बिरुद्द दुई वर्षअघि नै सर्बोच्च आदालतमा मुद्दा दायर गरेको थियो । तर, सर्वोच्वले अहिलेसम्म कुनै फैसला गरेको छैन् । गण्डकी प्रदेश सरकारले समस्या समाधानका लागि तत्कालिन भौतिक पूर्वाधार मन्त्रीको नेतृत्वमा कार्यदल नै बनाएपनि समाधान गर्न सकेन । लमजुङका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलेपनि पटक–पटक पहलकदमी लिँदापनि स्थानीय टसमस भएका छैनन् ।

सडक निर्माणकालागि सम्झौता अनुसारको समय अब दुई महिना मात्र बाँकी छ । लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका प्रमुख ईश्वर बहादुर रिजालले स्थानीयको अबरोधका कारण सडक निर्माण अन्योलमा परेको बताउनुभयो । स्थानीयको अबरोध हटेमा हप्ता दिनमा काम शुरु गरेर दुई महिना भित्र काम सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।

स्थानीयको अबरोध नहट्दासम्म निर्माणको काम अघि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । विवाद समाधन गर्ने प्रमुख दायित्व जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तह र स्थानीयबासीको नै भएको आयोजनाले जनाएको छ ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईरालाले सडक निर्माणमा अवरोध हुनु दुःखद भएको बताउनुभयो । उहाँले स्थानीयको जायज माग सम्बोधन गर्दै निर्माणको काम अघि बढाउन पहल गरिरहेको बताउनुभयो ।

पुर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एकहजार सातसय ८७ किलोमिटर लम्बाईको मध्यपहाडी लोकमार्ग लमजुङमा ४५ किलोमीटर पर्छ । विवाद रहेको स्थानबाहेक बाँकी स्थानमा धेरैजसोमा कालोपत्र भैसकेको छ भने केही स्थानमा कालोपत्रको काम भैरहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist