लमजुङमा मालपोत प्रमुख नटिक्दा मर्कामा छन सेवाग्राही

लमजुङ । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमूख नहुँदा लमजुङका सेवाग्राहीहरु समस्यामा परेका हुन् । प्रमूख नहुँदा दैनिक सेवाप्रवाह प्रभावित भएको छ ।

मालपोत कार्यालयमा एकवर्ष देखिनै पटक पटक कार्यालय प्रमूख फेरिदैं आउनुभएको छ । पछिल्लो एक वर्षमा मात्रै जिल्ला मालपोत कार्यालयमा तीन जना प्रमूखको आगमन तथा सरुवा भएको छ । कार्यालयमा प्रमूख एक महिना भन्दा बढि नबस्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

गत आर्थिक वर्षको फागुन अघिसम्म निमित्त कार्यालय प्रमूखको भरमा सेवा प्रवाह हुँदै आएको थियो । फागुनमा प्रमुखका रुपमा चिरिञ्जीवी पौडेल आउनुभएपनि एक महिनामै सरुवा हुनुभयो । त्यसपछि जेठसम्म निमित्तको भरमा कार्यालय सञ्चालन गरियो । जेठ महिनामा हरेन्द्र कुमार श्रेष्ठ आउनुभयो तर, असार महिनामै सरुवा हुनुभयो । त्यसयता चार महिना निमित्तको भरमा सेवा प्रवाह हुँदै आएको थियो ।

पछिल्लो पटक मंसिरमा भिष्म कुमार मल्ल कार्यालय प्रमूख भएर आउनुभयो र उहाँपनि पुस महिनामै सरुवा हुनुभयो । त्यसयता कार्यालय प्रमुख आउनुभएको छैन् । प्रमूखका रुपमा कास्कीबाट रामचन्द्र अधिकारीलाई सरुवा गरिएपनि उहाँ लमजुङमा हाँजिर हुन आउनुभएको छैन् ।

हाल निमित्त कार्यालय प्रमूखको रुपमा कार्यालयका कर्मचारी पुर्ण बहादुर गुरुङलाई जिम्मेबारी दिइएको छ । तर, उहाँलाई कार्यालय प्रमूखको अख्तियारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । अख्तियारी नपाएका निमित्तका भरमा कार्यालय सञ्चालन हुँदा महत्वपुर्ण कामहरु रोकिएको बेसीसहर–३ का भरतबाबु घिमिरेले बताउनुभयो ।

प्रमुख नहुँदा कार्यालयबाट निर्णय गर्नुपर्ने काम, नामसारी, घरजग्गा कायम, संशोधनलगायतका काम रोकिएको मालपोत कार्यालय निमित्त प्रमुख पुर्णबहादुर गुरुङले बताउनुभयो । सामान्य सेवा प्रवाह भईरहेको भएपनि कार्यालयमा विशेष काम लिएर टाढा–टाढावाट आएका सेवाग्राही प्रमुख नहुँदा त्यतिकै फर्कनु परेको छ ।

मन्त्रालयवाट मालपोत कार्यालय लमजुङ सरुवा भएर आउने अधिकांश कार्यालय प्रमुख आफ्नो सरुवा हुने अवधि नपुुग्दै सरुवा मागेर हिँड्ने गर्नुभएको छ । पूरै अवधिसम्म प्रमुखहरु नबस्नुमा एकातिर स्थानीय पुराना कर्मचारीको हालीमुहाली र कमाइ कम हुनु रहेको हुनसक्ने सेवाग्राहीले आंशङ्का गरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist