फागुन पहिलो साता लमजुङमा खेलकुँद तथा साँस्कृतिक महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । फागुनको पहिलो साता महोत्सव आयोजना गरिन लागेको हो ।

भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न फागुनको ६ गतेदेखि १८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको जिल्ला खेलकुँद विकास समिति लमजुङले जानकारी दिएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले भूमिका खेल्ने आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।

“महोत्सवको माध्यमबाट पर्यटन प्रबद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउनुको साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने उदेश्य लिएका छौं”, गुरुङले भन्नुभयो, “महोत्सवबाट भएको आम्दानीले बेसीसहरमा रहेको सहजी खेल मैदान विस्तारका लागि थप जग्गा खरिद गर्ने योजना बनाएका छौं ।”

महोत्सवमा जिल्लास्तरीय पुरुष तथा महिला भलिबल, विद्यालयस्तरीय कराँते प्रतियोगिता, छेलो तथा स्नुकर प्रतियोगिता, आमा समूहको सामूहिक नृत्य प्रतियोगिता आयोजना गरिने जिल्ला खेलकुँद विकास समितिका सदस्य सिजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितियलाई ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र द्धितिय हुनेले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी कराँतेतर्फ प्रथम पुरस्कार ३० हजार, द्धितीय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजार राखिएको छ । छेलोतर्फ प्रथम पुरस्कार १५ हजार र द्धितिय पुरस्कार १० हजार राखिएको छ । आमासमूह नृत्यमा प्रथम पुरस्कार ३० हजार, द्धितिय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्तवना पुरस्कार दुई टिमलाई ५÷५ हजार राखिएको छ । यसैगरी स्नुकर प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई २० हजार र बेष्ट ब्रेकरलाई १० हजार पुरस्कार ब्यवस्था गरिएको आयोजक समितिका सदस्य राजु अर्यालले जानकारी दिनुभयो ।

महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रर्दशनी, स्थानीय घरेलु तथा हस्तकला प्रर्दशनी, कृषि, पशु तथा जडीबुटी प्रर्दशनी, साँस्कृतिक झाँकी तथा ¥याली, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यान, पर्यटन प्याकेज टुर जस्ता कार्यक्रम राखिएको गण्डकी प्रदेश खेलकुँद परिषद सदस्य दिवाकर बरालले जानकारी दिनुभयो ।

बेसीसहरको सहजी खेलमैदानमा सञ्चालन हुने महोत्सवमा दुईसय स्टल राखिने छन् । करिब छ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपियाँ आम्दानी हुने अपेक्षा राखिएको आयोजक समितिका कोषाध्यक्ष प्रल्हाद बोहोराले जानकारी दिनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist