सडकको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग

लमजुङ । लमजुङको बेसीसहर नगरपालिकाले सडक ढलान तथा कालोपत्रेको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ ।

विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो । ढलान तथा कालोपत्र गरिएका सडक स्टिमेट अनुसार भए÷नभएको र गुणस्तर मापन गर्न कोर कटिङ परीक्षण सुरु गरिएको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

“निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी दिनुअघि स्टिमेट अनुसार काम भए÷नभएको जाँच्न कोर कटिङ मेसिन प्रयोग गरेर जाँच्ने गरेका छौं”, बेसीसहर नगरपालिकाका प्रमुख अर्यालले भन्नुभयो, “यसो गर्दा निर्माण कम्पनी, व्यवसायी र उपभोक्ता समितिले कच्चा पदार्थ प्रयोगमा तलमाथि गर्न पाउँदैनन ।”

बेंसीसहर नगरपालिका–३ गाउँसहर, वडा नं. ८ बेसीसहर र वडा नं. १० बाझाखेत लगायत वडामा निर्माण सकिएको सडकको कोर कटिङ मेसिनबाट परीक्षण कार्य गरिएको नगरपालिका उपप्रमुख पदमा गुरुङले जानकारी दिनुभयो । “अनुगनको क्रममा इन्जिनियरहरूको साथमा मेसिनको प्रयोग गरेर गुणस्तर नाप्ने गरेका छौं । गुणस्तरीय काम नभए पुन गुणस्तर कायम गर्न सुझाव दिएका छौं”, उहाँले भन्नुभयो ।

करिब साढे ३ लाख रुपैयाँ खर्च गरेर कोर कटिङ मेसिन ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो । उहाँले कोर कटिङ मेसिन प्रयोगपछि सडक निर्माणका कार्यमा गुणस्तरीय काम हुने विश्वास ब्यक्त गर्नुभयो ।
नगरपालिकाका इन्जिनियर प्रकाश पौडेलका अनुसार ढलान तथा कालोपत्र सडकको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण कोर कटिङ मेसिनबाट परीक्षण गर्न सकिन्छ ।

मेसिनमा ४ इन्चको गोलो सिलिन्डर फिट भएको हुन्छ । जेनेरेटरले पावर दिएपछि सिलिन्डर ढलान वा कालोपत्र भित्र छिर्छ । तलसम्म पुगेर त्यसले निकालेको नमुनालाई विभिन्न तवरले नापेर, हेरेर गुणस्तर पत्ता लगाइन्छ । पूर्वाधार विकास कार्यालय लमजुङले नगरपालिकाका प्राविधिकहरूलाई फिल्डमै गएर परीक्षण विधिबारे सिकाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist