लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक स्थित कैँचीडाँडाको जंगलमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–९ बस्ने २७ बर्षीय किरण गुरुङ रहेका छन् । दुर्घटनामा परी गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङको शव परीक्षणका लागि लमजुङ अस्पताल बेसीशहर ल्याइएको छ ।
पाचोक बेसीबाट कैँचीडाँडा तर्फ दाउरा लिन जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक दोर्दी गाउँपालिका–३ बस्ने ३० बर्षीय लाल बहादुर तामाङ भने, फरार छन् । उहाँको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले बताउनुभयाे ।
घट्नाको आवश्यक अनुसन्धान भइरहेको साहले जानकारी दिनुभयाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















