बालिका अपहरण गर्ने तीन भारतीय कारागार चलान

लमजुङ । लमजुङ सदरमकुकाम बेसीसहरबाट १३ बर्षीय बालिका अपहरण गरेको घट्नामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरुलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा भारत मोतिहारीका ४० बर्षीय बिगु खान र उनकी श्रीमती नार्गिक खान रहेका छन् । उनका १७ बर्षीय नाबालक छोरालाई भने, बाल सुधारगृह पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिनुभयो ।

उनीहरुलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्धामा थुनामा राखेर पुर्पक्ष गर्न जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्णप्रसाद पौडेलको इजलासबाट कारागार चलानको आदेश भएको अदालतका श्रेष्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।

प्रहरीलाई खान परिवारले बेसीशहर नगरपालिका–७, बस्ने १३ वार्षीय कुमारी (नाम परिवर्तन) लाई गत मङ्सिर २४ गते अपहरण गरि भरततर्फ लग्दै गरेको भन्ने सूचना आएको थियो । सोही सूचनाकोे आधारमा लमजुङ प्रहरीले अनुसन्धान गरि उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले किशोरीलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो । “अपहरण भएको भन्ने खबर पाउनासाथ सुश्म ढंगले अनुसन्धान बढाएका थियौं”, उहाँले भन्नुभयो, “खान परिवारलाई पुस १५ गते पक्राउ गर्न सफल भयौं र कारबाही अगाडी बढायौं ।”

खान परिवार सदरमुकाम बेसीशहर नगरपालिका–७ को सहजीमा सिरक–डसना बनाउने काम गर्दै बस्दै आएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist