“सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले रहिरन्छ” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढंगले रहिरहने बताउनुभएको छ । सरकार ढल्छ भनेर विपक्षी दलहरुबाट चलाइएको हल्ला निराधार भएको मन्त्री गुरुङले बताउनुभयो ।

शनिबार गृहजिल्ला लमजुङको दोर्दी–६, कृर्तिपुरस्थित भगवान आधारभुत विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले आफ्ना कार्यकर्ताहरुलाई भुलाउन विपक्षी दलहरुले सरकार ढल्ने हल्ला चलाएको बताउनुभयो ।

“साना पार्टीहरुले हल्ला चलाउँदैमा सरकार ढल्नेवाला छैन् । तत्काल केही हुनेवाला छैन् । यो प्रतिपक्षमा बसेका दलका नेताहरुले चलाएको हल्ला मात्र हो । कार्यकर्तालाई आफ्नो सरकार बन्छ, नआत्तिय भन्नलाई मात्र हो”, मन्त्री गुरुङले भन्नुभयो, “जबसम्म नेपाली काँग्रेसकासभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविच समझदारी भइरहन्छ, तबसम्म कसैलेपनि केही गर्न सक्दैन ।” उहाँले मुलुकमा अस्थिरता चाहने शक्तिले पनि सरकारबारे नकरात्मक हल्ला चलाएको बताउनुभयो ।

विगतदेखि नै मुलुकमा संकट पर्दा काँग्रेस र एमाले मिलेर पार लगाएको इतिहाँस रहेको मन्त्री गुरुङले बताउनुभयो । ०४६ सालदेखि आजसम्मको परिवर्तन आउनुमा काँग्रेस एमाले मिलेर नै सम्भव भएको उहाँले बताउनुभयोे । अहिलेपनि मुलुक संकटकै अबस्थामा रहेकोले दुई ठुला दलहरु मिलेर सरकार बनाउनुपरेको उहाँले प्रष्टाउनुभयो ।

“०७७ सालमा जब केपी शर्मा ओलीको एकल सरकार गि¥यो । त्यसपछि मुलुकमा जुन खालको अस्थिर खेलमा राजनीतिक दलहरु लागे, मुलुकको दुर्भाग्य त्यही दिनबाट सुरु भयो”, उहाँले भन्नुभयो, “त्यही दुभाग्यले गर्दा अहिलेपनि मुलुकको शासकीय अबस्था कमजोर बनिरहेको छ । साँढे १८ खर्ब बजेटमा तीन खर्ब विकास बजेटपनि खर्च हुन नसक्ने अबस्था छ । त्यसलाई सुधार गर्नका लागि, शासन प्रणालीमा सुधार गर्नका लागि यो सरकार बनेको हो ।”

उहाँले अबका दिनमा शासकीय क्षेत्रमा ब्यापक सुधार आवश्यक छ भन्ने कुरा छ महिना भित्र सरकारले महसुस गरको बताउनुभयो । उहाँले सरकारले ल्याएको नयाँ विधयकले पुराना नीति तथा ऐनहरु परिवर्तन भएकाले अबका दिनमा शासकीय प्रणालीमा ब्यापक सुधार आउने दावी गर्नुभयो । “विभिन्न १३ वटा पुराना कानुनहरुलाई सुधार गर्दै नयाँ अध्यादेस ल्याएका छौं”, उहाँले भन्नुभयो, “यो अध्यादेस भएपनि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग ब्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा सुधार हुँदै जान्छ ।”

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist