लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राखिने

लमजुङ– वर्षाको समयमा सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राख्ने तयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाभित्रका ठूला नदी तथा खोला करिडोरमा साइरन व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको अध्यक्षतमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । विशेषगरी जिल्लाभित्र मस्र्याङ्दी नदी करिडोर, दोर्दी खोला करिडोर, ङादी खोला करिडोर, रुदी खोला, चेपे खोला मादी खोला, मिदिम खोला करिडोरमा आपतकालीन जानकारीका लागि साइरन राख्ने तयारी भएको हो ।

साइरन राख्नका लागि सम्बन्धित करिडोरमा भएका जलविद्युत आयोजनालाई पानीको बहाव, सम्भावित बाढीपहिरो जोखिम लगायतको विषयमा आमनागरिकलाई पर्याप्त सूचना दिनेगरी अपातकालीन जानकारीका लागि साइरनको व्यवस्था गर्न आग्रह भएको छ । सोबाहेक नदीजन्य विपद् आइपरेमा तत्काल उद्धारका लागि आवश्यक उपकरण एवं सामग्रीको व्यवस्थापन र जनशक्ति तयारी अवस्थामा राख्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी मनसुनजन्य विपद् बाढी पहिरोको क्षति न्यूनीकरणका लागि सूचना सम्प्रेषण गर्ने, उद्धार एवं राहत कार्यलाई शीघ्रता दिन सबै सरोकारवाला जिम्मेवार निकायले सक्रिय भूमिका निर्वाह गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकले सोबाहेक बैठकमा स्थानीय तहबाट प्राप्त सुझाव एवं बैठकबाट प्राप्त सुझावको आधारमा मनसुन पूर्वतयारी कार्ययोजना २०८१ स्वीकृत गर्ने निर्णय भएको छ । बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि पेस हुन आएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई परिमार्जनसहित स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन प्रतिवेदन तयार गर्नका लागि सबै स्थानीय तहले आगामी असार २० गतेभित्र स्थानीय विपद् व्यवस्थापन प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि निर्णयसहित आग्रह गरेको छ । बैठकले जिल्लाका स्थानीय तह र अन्य सरोकारवालाको सिफारिस समेतका आधारमा विपद्मा परेका घर परिवारलाई उपलब्ध गराइएको ९७ हजार रुपैयाँ राहत रकम अनुमोदन गरेको छ ।

सोबाहेक चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनमा प्रयोग गरिएको राहत वितरणसम्बन्धी प्रतिवेदन साथै उद्दार कार्यको विवरणसमेत सबै स्थानीय तहले मिति आगामी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ । सोही बैठकले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१/०८२ प्रकाशन गर्नका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वर्षाको समयमा जिल्लास्थित उदीपुर पहिरो, खरखरे पहिरो, गाइखुरे झरनाको कारण डुम्रे बेसीसहर चामे सडक अवरुद्ध हुनसक्ने अवस्थामा मस्र्याङ्दी पारिको वैकल्पिक बाटो प्रयोग गर्ने र त्यसका लागि सडक तयारी अवस्थामा राख्न पूर्वाधार विकास कार्यालय लमजुङ र डुम्रे बेसीसहर चामे सडक योजनालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ । बैठकमा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, विभिन्न कार्यालय प्रमुख एवं सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नदी कटानको जोखिममा रहेका बस्ती संरक्षणका लागि तटबन्धन गर्न पहल
जिल्ला विपद् व्यवस्थापन समितिले लमजुङका मुख्य नदी र खोलाको कटानबाट जोखिममा रहेका बस्ती संरक्षणका लागि तटबन्धन गर्न प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने भएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत रहेका मुख्य नदी तथा खोलाको कटानबाट जोखिममा परेका बस्ती संरक्षणका लागि माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले बेसीसहर नगरपालिका, राइनास नगरापालिका, दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिका, क्व्होलासोँथार गाउँपालिका र दूधपोखरी गाउँपालिका अन्तर्गतका नदी तथा खोलामा जोखिममा परेका बस्ती संरक्षणका लागि प्रदेश तथा संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले बेसीसहर नगरपालिका अन्तर्गत मजुवा खोलाको शीतल पाटीदेखि पुलसम्मको भाग, पुमा खोला र खहरे खोलाको जोखिम क्षेत्रमा कटानबाट जोखिममा परेका बस्ती संरक्षणका लागि तटबन्धन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राइनास नगरपालिका अन्तर्गत चपेखोला र स्याउली बजार बस्ती संरक्षणका लागि तटबन्धन सिफारिस गर्ने निर्णय भएको छ । त्यस्तै दोर्दी गाउँपालिका अन्तर्गत किसेदी खोला नदी किनारका ठाउँ, दोर्दी खोला नदी किनारका ठाउँ र छाङ्दी खोला नदि किनारका ठाउँमा जोखिममा परेका बस्ती संरक्षणका लागि तटबन्धन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोबाहेक मस्र्याङ्दी गाउँपालिका अन्तर्गत भुलभुले, रामबजार, खुदी, स्यांगे र अर्खले बस्ती संरक्षणका लागि तटबन्धन गर्न सिफारिस गर्ने निर्णय भएको छ ।

त्यसैगरी क्व्होलासोँथार गाउँपालिका अन्तर्गत मिदिम करिडोरका घाम्राङबेसी, धिचे, काम्दु र रुदी कोरीडोरको बगैचा बस्ती संरक्षणका लागि तटबन्धन गर्न सिफारिस गर्ने निर्णय भएको छ । सोबाहेक दूधपोखरी गाउँपालिका अन्तर्गत कुनाघाट, घरालबेसी कुईले, बन्सारवेसी र कल्तुङवेसी बस्ती संरक्षणका लागि तटबन्धन गर्न सिफारिस गर्ने निर्णय भएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist