हावाहुरीले विद्यालयकाे छाना उडायाे, सम्बन्धित निकायमा सहयाेगकाे अपिल



लमजुङ । हावाहुरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो उडाएको छ ।

मंगलबार साँझ ५ बजेतिर आएको हावाहुरी र पानीले विद्यालयको ८६ वटा जस्ता उडाएर काम नलाग्ने बनाएको प्रधानाध्यापक रामचन्द्र घिमिरेले बताए । उनका अनुसार हावाहुरीले विद्यालयको छानो उडाउनुका साथै बाल कक्षा र यूकेजी कक्ष जलमग्न बनाएको छ।

कक्षाकोठामा विछ्याइएका म्याट्रेस, कार्पेट, भित्ताका लेखनहरू, भित्तामा राखिएका विभिन्न पाठ्यसामग्री नष्ट पारेको घिमिरेले बताए ।

‘हावाहुरीले उडाएका जस्ता काम नलाग्ने बनाएको छ । नयाँ राख्न विभिन्न निकायमा हारगुहार गरेका छाैं´, प्रधानाध्यापक घिमिरेले भने। बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, विभिन्न संघसंस्थालाई सहयोग माग गर्ने निर्णय गरिएको उनले बताए ।

२०३० सालमा स्थापना भएको विद्यालयले चालु शैक्षिक सत्रबाट बालबालिकाको वृद्धि विकास र पठनपाठनलाई सहजीकरण गर्न किन्डरगार्डेन कक्षा सञ्चालन गर्ने र प्रथामिक तहमा अंग्रेजी माध्यमवाट पठन पाठन सञ्चालनको तयारी गरेको थियाे । शैक्षिक सत्र सुरु भएर भर्ना अभियान चलिरहेकाे बेला विपदमा पर्दा समस्या थपिएकाे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित...

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist