लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले चालु आर्थिक वर्षबाट व्यावसायिक आलुखेती गरी पहिलो वर्षमै दुई सय मेट्रिक टन बढी आलु बिक्री गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र लमजुङमार्फत कृषकहरुलाई व्यावसायिक आलुखेतीका लागि उत्पादनमा आधारित अनुदानसहित प्रोत्साहन गरेको छ । व्यावसायिक आलुखेतीका लागि प्रवर्द्धनात्मक कार्यक्रम आएसँगै स्थानीय कृषकहरुले पाँच सय रोपनी जमिनमा व्यावसायिक रूपमा आलुखेती गरेका हुन् । कृषकहरुले उत्पादन गरेको आलु घरायसी प्रायोजनका लागि आवश्यक मात्रामा राखेर दुई सय मेट्रिक टन बिक्री गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए ।

आलुको बजार सुनिश्चित गर्नको लागि आलु उत्पादन गर्नु पूर्व नै किसान र व्यावसायिक कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता बमोजिम भैरहवास्थित आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाइस फुड प्रालिले जिल्लामा उत्पादित आलु खरिद गरेको खतिवडाले बताए । प्रदेश सरकारले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो वर्ष राइनाससहित जिल्लाको विभिन्न स्थानीय तहमा आलु खेती कार्यक्रम सञ्चालन गरेको छ ।

व्यावसायिक आलुखेतीका लागि कृषि ज्ञान केन्द्र लमजुङमार्फत जिल्लाको राइनास नगरपालिकाको ३, ४ र ६, मध्यनेपाल नगरपालिकाको ४ र १०, सुन्दर बजार नगरपालिकाको–१० अन्तर्गत आठ वटा कृषक समूहसँग सम्झौता भएको थियो । हाल राइनासमा उत्पादित आलु बिक्री भइसकेको र अव मध्यनेपाल र सुन्दर बजारमा उत्पादित आलु बिक्रीको चरणमा रहेको ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए । ज्ञान केन्द्रले कृषकहरुका लागि आलुको बिउ व्यवस्थापनदेखि बजार व्यवस्थापनसम्मको सहयोग गरेको कार्यालय प्रमुख खतिवडाको भनाइ छ ।

जिल्लामा हिउँदे आलु उत्पादन कार्यक्रमका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ । केन्द्रले बिउ खरिद र यन्त्र उपकरणको लागि ७५ प्रतिशत, सिँचाइ पूर्वाधार र बजारीकरणको लागि ८५ प्रतिशत र ढुवानीको लागि ५० प्रतिशत सहयोग गरेको जनाएको छ । यसैगरी प्राविधिक सेवा, विषादी, तालिम, अनुगमन, बाली बीमालगायतमा निःशुल्क सेवा उपलब्ध गराएको पनि कार्यालयले जनाएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist