भेटेरिनरी लमजुङको ७४.२५ प्रतिशत वित्तिय प्रगति

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आ.ब. २०७९÷०८० मा ७४.२५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । संघ र प्रदेशसमेतको गरी ६ करोड १२ लाख ९ हजार ६ सय रूपैयाँको बजेट प्राप्त गरेकोमा वित्तीय प्रगति ७४.२५ प्रतिशत हासिल गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले जानकारी दिए ।

पशु व्यवसाय प्रवद्र्धनका लागि अनुदान सहयोग, पशु स्वास्थ्य प्रवद्र्धन, उपचार तथा रोग नियन्त्रण, क्षमता विकास तथा सचेतना र पुँजीगत क्षेत्रमा काम भएको श्रेष्ठले बताए ।

लमजुङ जिल्लामा बंगुरमा फैलिएको अफ्रिकन स्वाइन फिवर र गाइ गोरूमा फैलिएको लम्पी स्किन रोगका कारण किसानहरूले ठूलो क्षति ब्यहोर्नु परेको उनले बताए । उनले बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मस्र्याङदी गाउँपालिकाका १६ वटा फार्ममा अफ्रिकन स्वाइन फिवरको प्रकोप देखिएको र यस रोगबाट ७ सय ८२ वटा बंगुर मरेका बताए । यस रोग नियन्त्रणका लागि खासै कुनै औषधी नहुने भएकाले नियन्त्रणका लागि बंगर तथा सुंगुर ओसार पसारमा रोक लगाइएको उनले बताए ।

वरीष्ठ पशु चिकित्सक डा. श्रेष्ठले लमजुङ जिल्लामा यो वर्ष २०८० वैशाख महिनामा पहिलो पटक लम्पी स्किन रोगको प्रकोप फैलिएको र जिल्लाका सबै ८ पालिकामा रोग फैलिएको जानकारी दिए । उनले हालसम्म १ हजार ८ सय २ वटा पशु यस रोगबाट संक्रमित भएका र ८५ वटा पशु (गाइ गोरू)को मृत्यु भएको बताए ।

मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा सबै भन्दा धेरै संक्रमण रहेको जानकारी दिँदै श्रेष्ठले रोग नियन्त्रणका लागि ८ वटै स्थानीय तहमा खोप कार्य जारी रहेको र हालसम्म करिब ८ हजार ५ सय भन्दाबढी पशुलाई खोप लगाईएको जानकारी दिए ।

यस बर्ष लमजुङका १३ हजार ६५० घरधुरीका १ लाख ४५ हजार १६७ पशुमा भ्याक्सिन लगाइएको उनले जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist