बेसीसहर–१० का स्थानीयले बनाए भाचोक खोलामा काठेपूल !

लमजुङ । बेंसीसहर नगरपालिका वडा नं. १० का बासिन्दाले भाचोक खोलामा काठको पूल निर्माण गरेका छन् ।

असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । बर्षातका बेला खोलामा पुल नभएपछि स्थानीय बासीन्दा जोखिम मोलेर खोलो तर्न बाध्य थिए भने यातायातका साधान चल्न सकेका थिएनन् ।

पूल नहुँदा वडा नंं १० मा पर्ने खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय समस्यामा परेका थिए ।

स्थानीयले करिब एक महिनाको प्रयासमा काठको पूल निर्माण गरेपछि अहिले आवत जावतमा सहज भएको छ । वडा कार्यालयको संयोजनमा स्थानीयले भाचोक खोलामा अस्थायी काठे पुल निर्माण गरेका हुन् ।

स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका हुन् । उनीहरूको प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजनासमेतको सहयोग रहेको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं स्थानीय दूधप्रसाद घलेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा सशस्त्र प्रहरी, जनपद प्रहरी र नेपाली सेनाले समेत काठेपुल निर्माणका लागि श्रमदान गरेका थिए । डुम्रे बेसीशहर चामे सडकले पुल निर्माणका क्रममा एक्साभेटर पठाएर सहयोग गरेको थियो ।

पूल निर्माण भएपछि अनुगमन निरिक्षण गर्दै बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, सिडियो रामकृष्ण अधिकारी, डिएसपी प्रकाश श्रीमल, वडाअध्यक्ष गंगाबहादुर थापालगायत ।

बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेण्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो । वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए । पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको वडा नं. १० का वडाध्यक्ष गंगाबहादुर थापाले बताए ।

भाचोक खोला डुम्रे बेसीशहर चामे सडकको बैकल्पिक मार्ग पनि हो । बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिरो जाँदा बेसीशहरबाट बाँझाखेत, भाचोकबेसी, लेतेफाँट, माथिल्लो मस्र्याङ्दीको पावर हाउस हुँदै सुरूङमार्गमा यो सडक जोडिन्छ ।

तस्विर : दुधप्रसाद घले ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist